पर्यटन प्रर्वधनमा राज्य चुपचाप, अब जाग्नु पर्छ

पर्यटन प्रर्वधनमा राज्य चुपचाप, अब जाग्नु पर्छ

राज्यले स्थानिय स्थरमा रहेका पर्यटकीय स्थहरुलाई गम्भीर रुपले ध्यान दिन सके मात्र पूर्वाअञ्चलको पर्यटन प्रर्वधनको विकास हुन सक्ने पर्यटकीय व्यवसायीहरुले बताएका छन् । आज विराटनगरमा एबीसी टेलीभिजनले पूर्वाअञ्चल पर्यटनका आधार र प्रयासहरु विषयक छलफल कार्यक्रममा व्यावसाहीहरुले त्यस्तो बताएका हुन् । सरकारले गा्रमिण स्थरमा रहेका पर्यटकीय स्थलहरुमा सहज रुपमा यातायतका लागी सडकहरुको व्यवस्था गरिनु पर्ने समेत उनीहरुले बताएका थिए । कार्यक्रममा जिल्ला विकास समिती मोरङ्गका सुचना अधिकृत महेन्द्र खड्काले स्थानिय निकाय र सरोकारवालाहरु संग एकीकृत भएर गए मात्र पर्यटन विकासमा केही सुधार हुने धारण व्यात्त राख्नु भएको थियो । पर्यटन प्रर्वधनका लागी महिलाहरुको भूमिका एकदमै न्यून भएकाले पनि पर्यटन प्रर्वधनका विकास हुन नसकेको समुहिक महिला उत्थान समुहकी अध्यक्ष सकुन्तला भटराईले बताउनस भयो । साथै कार्यक्रमा पर्यटन पत्रकार समुह, ट्राभल्स एजेन्सी, विद्यार्थी लगायत पर्यटन व्यवसायीहरुले धारण राखेका थिए ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्