उपभोक्ता हितबारे ३ दिने तालिम विराटनगरमा

<span class='c1'>उपभोक्ता हितबारे ३</span> <span class='c2'>दिने तालिम विराटनगरमा</span>

विराटनगर, २७ मंसिर । उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तिकरण तालिम विराटनगरमा सुरु भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजनामा सो तालिम आयोजना गरिएको हो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्बन्धि संगठनहरुको प्रतिनिधिहरु सहभागी भएका छन् ।
तालिममा नेपालमा लागु उपभोक्ता संरक्षण ऐन, बजार व्यवस्थापन नियम, अनुगमन, लेबलीङ्गबारे सहभागीहरुलाई प्रशिक्षण गरिनेछ । तालिममा सहभागीहरुलाई विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेल, वाणिज्य विभागका कार्यकारी निर्देशक शंकर प्रसाद पौडेल, कन्ज्युमर इन्टरनेशनलका एशिया मध्य पुर्व प्रमुख इन्द्रानि थुराइसिगंम, नेपाल विशेषज्ञ कमलेश अधिकारीलगायतले प्रशिक्षण दिने छन् । २७ गतेदेखि सञ्चालन भएको सो तालिम २९ गते शुक्रबार सम्पन्न हुने तालिमका संयोजक सत्या शर्माले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्