क्यान इन्फोटेकको ९५ प्रतिशत स्टल बुकिङ भइसके

<span class='c1'>क्यान इन्फोटेकको ९५ प्रतिशत</span> <span class='c2'>स्टल बुकिङ भइसके</span>

 विराटनगरमा आयोजना हुन लागेको सुचना प्रविधि मेला नियोटेरिक क्यान इन्फोटेक २०११ को ९५ प्रतिशत स्टल बुकिङ्ग भएको छ । आगामी पुस ८ गते देखि ११ गतेसम्म आयोजना हुन लागेको इन्फोटेकका लागि तयार गरिने ९० वटा स्टलहरु मध्येका अधिकांश स्टल बुकिङ भएका हुन् । सय बाइ सय फुटको वाटर प्रुफ पण्डालमा निर्माण गरिने दश वाइ दशका प्रति स्टलहरुको आयोजकहरुले २ साताअघि बुकिङ खुल्ला गरेका थिए ।
बुकिङ भएका स्टलहरु मध्ये ४० भन्दा बढि स्टलहरु कम्प्युटर, ल्यापटप तथा हाडवेयरहरुका विक्रेताहरुले बुकिङ गरेको आयोजकहरुले बताएका छन् । त्यसै गरि १० वटा स्टलहरु कम्प्युटर सफ्टवेयर कम्पनी तथा विक्रेताहरुले, ५ वटा इन्टरनेट प्रोभाइडर कम्पनीहरु, ५ वटा विभिन्न कलेज तथा शैक्षिक संस्थाहरु तथा २ वटा स्टल सरकारी निकायका जिल्ला विकास समिति र नेपाल प्रहरीले बुकिङ गरेका छन् । सुचना प्रविधिको विकास क्रमसँगै आएका विभिन्न प्लेस्टेशन थ्रिबाट थ्रीडी खेलहरुको प्रदर्शनी तथा प्रतियोगिता गराइने गेमिङ जोन तथा रोजगारी अवसरको लागि बाकि स्टलहरु बुकिङ भएको छ । बाँकि ५ प्रतिशत स्टलहरुको बुकिङ चाँडैनै भइसक्ने इन्फोटेकका संयोजक निर्मल तामाङले बताए । संयोजक तामाङका अनुसार इन्फोटेकमा विभिन्न नयाँ ब्राण्डका ल्यापटप, कम्प्युटरसँगै विश्व बजारमा आएका नयाँ प्रविधिहरु प्रदर्शनी गरिने छ । इन्फोटेकमा आइसिटि सेमिनार, प्रोडक्ट डेमो र प्रदर्शनी, गेमिङ जोन, रोजगारी मेला राखिने छ भने इतिहासदेखि प्रयोग गरिदै आइएको प्रविधिका विभिन्न स्वरुप तथा अवस्थाहरु प्रदर्शनी गर्न कम्प्युटर संग्रहालयसमेत निर्माण गरिने छ । 
कम्प्युटर एसोशिएसन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्ने क्यान इन्फोटेक यस अघि काठमाडौं र मोफसलका एक दुइ स्थानमा मात्र भइरहेको अवस्थामा विराटनगरमा हुनुलाइ यस क्षेत्रका प्रविधि प्रेमिहरुले उल्लेख्य उपलब्धिको रुपमा लिइरहेका छन् । नियोटेरिक नेपालले टाइटल स्पन्सर गरेको इन्फोटेकको प्लाटिनममा मेगाटेक, पर्फेक्ट त्यसै गरि डाइमण्डमा इस्कन इन्फोसिस, माइक्रो अफिस अटोमेसन, टेक्नो कमर्सियल इम्पेक्स र गोल्डमा डेल्टा, विराट इन्फोटेक, नर्मन एन्टिभाइरस र नेटवर्क स्टोरेजले स्पोन्सर गरिरहेका छ । इन्फोटेकको उद्घाटन पुस ८ गते बिहान १० बजे आयोजनास्थल विराटनगरको मेनरोडस्थित जैन भवनमा गरिने संयोजक तामाङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्