किरांत धर्मालम्बीहरुको उधौली पर्व धुमधामका साथ सम्पन्न

किरांत धर्मालम्बीहरुको उधौली पर्व धुमधामका साथ सम्पन्न

विराटनगर २ पौष । विराटनगरका किराती समुदायले गत मंसिर २४ गते देखी सूरु भएको उद्यौली पर्व आज भव्य रुपमा सम्पन्न गरेका छन् । किराती समुदायहरुको धर्म, सस्कार र संस्कृती अतिक्रमणको चेपुवामा परेर लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षणका लागी यस्तो अभियानको सुरुवात गरेको किरात राई यायोख्खाका पुर्व नगर अध्यक्ष मेजर मानबहादुर राई बताउनु भयो । किराती समुदायले विराटनगरको साकेला थान, किरातेश्वर माङ्गखिम,सुम्नीमा चोक, पोखरीया लगायत ठांउहरुमा सकेला शिली च्याब्रुङ्ग केलाङ्ग जस्ता नाचहरु प्रदसन गरेका थिए । किराती समुदायले पिता पुर्खालाई पुजिने भएकाले पुर्खास्मरणको लागी हामी यस्ता कार्यक्रम गर्नु आवश्यक रहेको किरात याख्खा छुम्माका अध्यक्ष भुपाल देवानले बताउनु भयो । अझ यस्ता कार्यक्रमहरु किरात समुदायका  युवा वर्गहरुलाई धार्मिक संस्कारहरुका बारेमा जनचेतना फैलियोस भन्ने उद्धेस्यले साप्ताव्यापी रुपमा मनाएको किरात राई यायोख्खाका सल्लाकार आशकुमार राईले बताउनु भयो । साप्ताव्यापी कार्यक्रममा किराती समुदाय मात्र नभएर अन्य समुदायको पनि उतिकै मात्रमा उपस्थिती रहेको थियो । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्