१ वर्षको मुल्याङ्कन २ घण्टामा: असान्दर्भिक परिक्षा प्रणाली

१ वर्षको मुल्याङ्कन २ घण्टामा: असान्दर्भिक परिक्षा प्रणाली

  हामीकहा स्थापित शैक्षिक प्रणालीमा मुल्यांकनको मापक आधार तिन घण्टे परिक्षा प्रणाली रहदै आएको छ । बिश्व शिक्षा प्रणालीको आदिकालदेखि चलनचल्तीमा रहेको यो प्रणाली आज कतिपय राष्ट्रहरुमा समय सापेक्ष नभएको अनि बर्तमान परिपेक्षमा असान्दर्भिक भन्दै वैकल्पिक मापन प्रणाली प्रयोगमा ल्याइएको छ । नेपालको सन्दर्भमा विद्यालयको प्रथामिक तहदेखि समग्र माथिल्लो तहसम्म यहि प्रणाली अवलम्वन गरीएको छ , जुन पुनर्विचार गर्नु पर्ने आवाज उठ्न थालेका छन ।
    हामी अभ्यस्त रहेको यो मुल्याकंन विधिमा शैक्षिक शत्रको अन्त्यमा सीमित अवधि ( प्राय तीन घण्टा ) भित्र सय अंकभारको समग्र विषयवस्तुबाट सोधिएका प्रश्नलाई आधार बनाइन्छ । अनि उक्त अवधिमा उसले उत्तर पुस्तिकामा लेखेको उत्तरका आधारमा ब्यक्तिको मुल्यांकन गरिन्छ । जतिसुकै क्षमतावान् अनि अध्ययनशील भएता पनि तीन घण्टा भित्र उत्तर लेख्न नसकेको खण्डमा ब्यक्ति स्वत असक्षम प्रमाणीत हुन्छ । केहि अध्ययन अनि सर्वेक्षणलाई आधार मान्ने हो भने परिक्षणको यो प्रक्रिया नै गलत छ । मानौं एउटा ब्यक्ति विषयवस्तुप्रति पूर्णत जानकार हुदाहुदै पनि परिक्षाको दिन आइपर्ने आकस्मिक स्वास्थ्य समस्याका कारण उत्तर लेख्न नसक्दा ऊ जीवनभर तल्लो स्तरको विद्यार्थीका रुपमा दरिन पुग्छ । कतिपय ब्यक्तिमा परिक्षा समयमा देखिने मनोबैज्ञानिक प्रभावले परिक्षा प्रणालीमा यसको सुरुवात देखीनै प्रश्न चिन्ह उब्जाउदै आएको इतिहास बताउँछ । जतिसुकै सबल, सक्षम अनि परिक्षाको पुर्ण तयारी गरेको ब्यक्ति परिक्षा हलमा भने डराउने , तर्सिने अनि तोकिएको सीमित अवधिमा सबै प्रश्न हल गर्न नसक्ने हँदा उसले आजीवन शैक्षिक सवालमा पछि पर्नु पर्ने हुन जान्छ , जब कि एउटा मध्यम स्तरको छात्र भने उभन्दा अघि बढ्न पुग्छ ।
    अव हाम्रा परिक्षाका एकपटक चर्चा गरौं । आज यस क्षेत्रमा देखिएको बग्रेल्ती बिकृतिहरुले यो प्रणाली गलत मुल्याकंन गर्ने आधार भएको छ । प्रश्न पत्र बाहिरिने अनि चिट सार्ने धन्दा एस. एल.सी, प्लस टु लगायतका परिक्षामा निष्फिक्रि भैरहेको भेटिन्छ । यसरी कुन आधारमा मिहिनेती अध्ययनशील आदर्शवान विद्यार्थी अनि प्रश्नपत्र प्राप्त गरेर , चिट चोर्दै लोभलाग्दो अंक प्राप्त गर्ने विद्यार्थीमाझ  भेद छुट्याउछ यो परिक्षा प्रणाली ?पक्कै पनि गलत मुल्याङ्कन गर्दै त्यहि चोर्ने ब्यक्ति उच्चतम अंकभार सहितको सर्टिफिकेट हात लागेकै भरमा जीवनभर रवाफपुर्ण रहन पुग्छ । त्यति मात्रै हाईन हामी कहा त परिक्षा केन्द्र नै किन्ने , केन्द्राध्यक्षलाई सक्दो आर्थिक प्रभोलनमा पार्ने नभए धम्क्याउने समेत गरेर सतप्रतिशत एस.एल.सी मा डिष्टिन्सन नतिजा निकाल्ने रिजल्टको ब्यापार गर्छन निजी बिद्यालयहरु ( बर्तमान समयमा प्लसटुहरु समेत ) असमाजिक ब्यक्तिलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएसरी बेईज्जत पारे जस्तो भएन र यो परिक्षा प्रणालीको ? हो , जड भनेको यहि असान्दर्भिक परिक्षा प्रणाली नै हो जसले शैक्षिक सत्र भरि आर्जन गरेको ज्ञान अनि अध्ययनको मुल्याकंन गर्ने हैसियत बोक्दैन । उल्लेखित बिकृतिहरु यस प्रणाली बिरुद्ध धावा बोल्न पर्याप्त छैनन् र ?
    बिकसित अनि शैक्षिक रुपमा सबल राष्ट्रहरुले धेरै पहिला नै यसलाई औचित्यहिन अनि अवैज्ञानिक मापनको आधार भन्छन् । हामी छेउछाउकै कतिपय ब्यक्तिहरु क्ष्मतावान हुदाहँदै पनि कथित परिक्षामा तल्लो डिभिजन प्राप्त गरेकै कारण जीवनभर निरास भएर बस्ने गरेको भेट्छौ । के यो परिक्षा प्रणालीमा कम अंक प्राप्त गर्ने सबै मानिस मुल्याहींन हुन् त ? अर्को कुरा हाम्रो समाजको हेर्ने दृष्टिकोण नै गलत छ , सर्टिफिकेटको अंकको आधारमा कसरी मानिसको ब्यक्तित्व झल्किन्छ जब कि परिक्षा प्रणाली नै त्यसको निधो गर्ने हैसियत बोक्दैन । हामी सबै आफनो विद्यालय जीवनका दिनहरुमा फर्केर ती माध्यम अंक प्राप्त गरेका दौतरीलाई हेरौं त, अधिकांशले के भेट्छौ भने ती मध्यम स्तरकाले उच्च अंक प्राप्त गरेकै भरमा मेधावी भन्ने गरिएकालाई पछि पार्दै उच्च पदमा पुगेका छैनन् र ? किन नहुनु , छन् । आज हाम्रै राष्ट्रका ठुला अनि सफल जीवन बिताइरहेका भनिएकाहरु प्रायः मध्यम अंकका सर्टिफिकेट भएकाहरु नै हुन ।
    भन्न खाजीएको सबैभन्दा मख्य कुरा के हो भने सिमित अवधिको शैक्षिक सत्रको अन्त्यमा लिइने परिक्षाको प्राप्त अंकभारका आधारमा ब्यक्तिको समग्र ब्यक्तिगत अनि योग्यतालाइ नै मुल्याकंन गर्ने जुन परिपाटी छ , त्यो नै गलत छ कतिपय राष्ट्र अनि युनभर्सिटिहरुले बिकृति कम होस भन्नकै लागी अंक ब्यवस्थाको साटो ग्रेडिङ सिस्टम लाई चलनचल्तीमा ल्याएका छन । यो केहि हद सम्म ठिक छ , तर पूर्ण चाहि होईन । फेरी एकै उत्तर पनि फरक फरक परिक्षकले जाँच गर्दा फरक अंक दिईन्छ , जसले एउटै कुरा परिक्षक पिच्छे नै फरक मुल्याकंन हुन्छ भने , यो भन्दा ठुलो खिल्ली अरु के हुन सक्छ र ? तसर्थ हाम्रो मुल्याकंनको आधार , विधी अनि प्रणालीको विकल्प खोज्नु पर्ने पो हो कि ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्