डिपिएसको गो ग्रिन कन्सर्ट समापन

डिपिएसको गो ग्रिन कन्सर्ट समापन

विराटनगर, ६ मंसिर । डिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना गरिरहेको पर्यावरण संरक्षण बारे सन्देश फैलाउने ‘गो ग्रीन’ नामक  स्कुल कन्सर्टको बुधबार समापन भएको छ । पुष ५ र ६ गते आयोजना गरिएको उक्त कन्सर्टको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले गरेका थिए । कार्यक्रममा  डिपिएसका प्रोभाइस चेयरमेन अरुण कुमार राठि, डाइरेक्टर प्रकाश मुन्दडा, तुलसी राम अग्रवाल, जगदिश अग्रवाल, युगल किशोर राठि, देवकिशन मुन्दडालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपिएसका विद्यार्थीहरु पर्यावरण जोगाउनु पर्ने सन्देश बोकेका गित संगीत, फेसन सो तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्