६ महिनामा संविधान नबने स‌ंविधानसभाको औचित्य समाप्त हुने: गिरि

६ महिनामा संविधान नबने स‌ंविधानसभाको औचित्य समाप्त हुने: गिरि

नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले अबको छ महिना भित्रमा सविधानको बनेन भने सविधानसभाको कुनै औचित्य समाप्त हुने बताउनु भएको छ । आज विराटनगरमा पत्रकारहरु सगं कुरा गर्दै उहांले छ महिना भित्रमा सबै पाटीहरु एक ढिक्क भएर छलफल गरे सविधान बन्न सक्ने बताउनु भयो । साथै उहांले शान्ती प्रक्रिया माओवादीको पालोमा पुरा भयो भने राष्ट्रिय सहमतीको सरकार बन्न सक्छ तर शान्ती प्रक्रियाको काम पहिले टुङ्गग्याएर मात्र सरकार बनाउन तिर लाग्नु पर्ने बताउनु भयो । अबको सविधान लेखीहाले पनि जनता सजक भएर जनता र मिडियाले भुमिका खेल्नु पर्छ आशा मात्र गरेर हुदैन यसका दवाव पनि दिनु पर्ने आशा व्यात्त गर्नुभयो । सविधान लेखनमा गएका ६०१ जना ले सविधान लेखनमा भन्दा पनि सत्ता सघर्षलाई महत्व दिएको उल्लेख गर्नु भयो । अहिले दलहरुमा सविधान लेखनमा चाहिने जागरुकता देखाउन नसकेको र बनिहाले पनि आशंखा रहेको स्पस्ट पार्नु भयो । दलहरु सविधान लेख्ने कुरामा कहिल्यै नेताहरु संवेदनसिल नदेखिएको र राजनितीक महत्वकाक्ष र सरकार परिवर्तन खेलमा रहेका समेत उल्लेख गर्नु भयो ।  साथै उहाले अर्को एक फरक प्रशङ्गगमा अहिलेको सरकार एमाले र काग्रेसको समर्थनमा बनेकाले उनीहरुले प्रधानमन्त्रीको राजिनामा माग्नुको औचित्य नभएको तर्क गर्नुभयो । उहाले बिजय गच्छदार र माओबादीले मात्र प्रधानमन्त्रीको राजिनामा माग्दा फरक नपर्ने धारण व्यात्त राख्नु भयो ।
यसैविच नेपाली कङग्रेसकी नेतृ सुजाता कोइरालाले अहिलेको सरकार राष्ट्रिय समतिको सरकार वन्न नसक्ने दाबि गर्नु भएको छ । आज बिराटनगरमा प्रेस युनियनले आयोजन गरको पत्रकार भेटघाट कार्यक्रममा वहाले अहिलेको सरकारमा भ्रष्टचारिहरुले भरिकोले यो सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिन नसक्ने वताउनु भयो । वहाले यो सरकारले देशमा शान्ति कायम गर्न नसकेकोले गृहमन्त्रिले नैतिकताको आधारमा राजिनामा दिर्नु पर्ने बताउनु भयो । राज्यको सुरक्षा घेरा भित्ररहेको जेलमा कैदिको हत्या हुनुले पनि देशको सरक्षा कमजोर रहेको वताउनु भयो । वाहाले एमाले र ए माओवदिले सरकारको नेत्रित्व गरिसकेकोले अबको सरकारको नेत्रित्व नेपाली काग्रेसको हुनु पर्ने कोइरालाले दावी गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्