आजदेखि नियोटेरिक क्यान इन्फोटेक: अहिले उदघाटन हुदै

आजदेखि नियोटेरिक क्यान इन्फोटेक: अहिले उदघाटन हुदै

पुर्वाञ्चलमा दोस्रो पटक र मोरङमा पहिलो पटक हुन लागेको नियोटेरिक क्यान इन्फोटेक आजदेखि विराटनगरमा सूरु भइरहेको छ । हालसम्म पूर्वाञ्चलमा आयोजना भएका सूचना प्रविधिका मेलाहरु भन्दा भव्यताका साथ आयोजना गर्न लागिएको नियोटेरिक क्यान इन्फोटेकको उद्घाटन अहिले सुचना तथा प्रविधि मन्त्री कल्पना धमलाले गर्न लागेकी छिन् ।
आयोजक संस्था क्यान मोरङका अध्यक्ष सन्तोष दाहालले इन्फोटेकमा व्यापारिक क्रियाकलापहरुका साथै विभिन्न प्रकारका सुचना प्रविधिबारे जनचेतनात्मक र जानकारी मुलक इभेन्टहरु समावेस गर्ने जनाएका छन् । इन्फोटेकमा सूचना प्रविधिका सामाग्रीहरुको खरिद विक्रिका साथै जानकारी तथा सेवामुलक अन्य पाँच इभेन्ट्स आयोजना गर्ने भएको छ । यसै अन्तर्गत सुचना तथा सञ्चार प्रविधिको विशेष प्रदर्शनी, सूचना प्रविधिको विभिन्न क्षेत्रमा भइरहेको प्रयोग र विशेषताहरु बारेको सेमिनार,नयाँ नयाँ प्रविधिहरुबारे जानकारी दिने खालका प्रोडक्ट डेमो, थ्रिडि गेमको मज्जा लिने तथा प्रतियोगिता गराउने उद्देश्यका साथ गेमिङ जोन, प्रविधिको क्षेत्रमा भएका रोजगारको अवसरका लागि जब फेयरलगायतका इभेन्टमा समेट्ने भएको छ । इन्फोटेकलाइ अझ जानकारी मुलक बनाउनका लागि कम्प्युटर इतिहासको सुरुवातदेखि हालसम्म आएका परिवर्तनलाई प्रदर्शनी गर्नका लागि नेपालको इतिहासमै पहिलो पटक कम्प्युटर संग्रहालयको व्यवस्था समेत गरिएको छ । उक्त कम्प्युटर संग्रहालयमा नेपालको विभिन्न स्थानहरुबाट पुराना प्रविधिका कम्प्युटर, एबाकस, टाइपराइटर, प्रिन्टर, टेलिफोनलगायतका सामाग्रीहरु ल्याइएको इन्फोटेकका संयोजक निर्मल तामाङले जानकारी दिए । यसै गरि इन्फोटेकको प्रचार प्रसारको क्रम समेत तिब्र बनाइएको छ । इन्फोटेकका मिडिया संयोजक राजन लम्सालले इन्फोटेकको प्रचारका लागि पूर्वाञ्चल भरि प्रचार सामाग्रीहरुको वितरणका साथै माइकिङ गरिएको छ । उनले पूर्वाञ्चलका २ हजार भन्दा बढि विशिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा कार्ड र १० हजारभन्दा बढि एसएमएस पठाइएको जानकारी दिए ।
यस अघि पूर्वाञ्चलकै धरानमा आयोजना भइसकेको क्यान इन्फोटेक आज पुष ८ गतेदेखि ११ गते सम्म विराटनगर मेनरोड स्थित जैन भवनमा सञ्चालन हुनेछ । आयोजनास्थलमा १०० वाइ १०० फिटको वाटर प्रुफ ९० वटा स्टलहरु निर्माण गरिएको छ ।
तस्बिर समेत छ ।
फोटो क्याप्सन ः इन्फोटेक आयोजनास्थलमा स्टलहरुको निर्माण गर्दै मजदुरहरु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्