नेपालमा स्थायी कम्प्युटर संग्रहालयको आवश्यकता

नेपालमा स्थायी कम्प्युटर संग्रहालयको आवश्यकता

‘५० केजिको कम्प्युटर कुन हो ?’ एक दुई अनि तिन गर्दै हल भित्र पस्ने वित्तिकै प्राय जसो व्यक्तिहरु सोध्ने गर्छन अनि सहजीकरणका लागि बसेका स्वयमसेवकहरु हलको एक छेउमा राखिएको कम्प्युटर संग्रहालयमा रहेको ठुलो काठको भाँडो जस्तो वस्तु देखाउदै बोल्छन् ‘यो अमेरिकाको वाङ्ग ल्याब्रोटेरिजले करिब ४० वर्ष अघि ७०को दशकमा निर्माण गरेको पुरानो कम्प्युटर हो ।, यसमा भिपि प्रोसेसर र ७ इन्चको फ्लपी डिस्क प्रयोग हुन्थ्यो, यसको इन्टर्नल ममोरी ३२ केबि मात्र हुन्छ । ’ युवा स्वयमसेवकहरुले रटेका र लेखिएका केहि तथ्यहरु सुनाएपछि सानो मोवाइलमै ३२ जीबि भन्दा बढि मेमोरी क्षमता बोक्ने आजको पिढि अनि केहि अघि कै पिढि पनि कल्पनामा डुब्ने गरेका छन् । त्यति बेलाको ३० हजार डलर पर्ने उक्त वाङ्ग २२०० सिरिजको कम्प्युटर अहिले विराटनगरमा चलिरहेको नियोटेरिक क्यान इन्फोेटेकको आकर्षणमा परेको छ । देशका ठुला मिडियाहरुले समेत कभर गर्न भ्याएका सो कम्प्युुटरजस्तै कम्प्युटर संग्रहालयमा हाल प्रयोगमा र अस्तित्वमा समेत नरहेका केहि पुराना प्रविधिका वस्तुहरु राखिएको छ ।
कुनै समयमा कम्प्युटर खरिदका लागि व्यक्तिले मात्र हैन सिङ्गो राष्ट्रले नै सोच्नु पर्ने अवस्था थियो तर अहिले त्यस्तो छैन । हाम्रो देश नेपालमा पनि ‘एक बालक एक ल्यापटप’ भनेर सबैको हातमा कम्प्युटर पुर्याउने अभियान सूरु भइसकेको छ । यसरी भने पनि कम्प्युटर प्रविधिमा आएको परिवर्तनहरुको  केहि दशक अघि र पछिलाई एकै साथ विश्लेषण गर्ने हो मेनफ्रेम कम्प्युटर र पाल्मटप अनि म्याकबुक एयरको अस्तित्व देख्न सक्नेछौ । यहि इतिहासलाई दर्शाउने इन्फोटेकमा राखिएको कम्प्युटर संग्रहालयले महत्वपुर्ण भुमिका निभाइरहेको मैले पाएको छु । इतिहासमा अधिपत्य जमाएको अबाकस अनि हालको शक्तिसाली पिसि, एप्पलको म्याक बुक एयर होस वा केहि अघिको टाइपराइटर, सबैको आफ्नै गौरव छ । ति मध्ये कति हामीले देखेका छौं ? प्रयोगका हिसाबले त ति अहिले कुनै काम नआउलान तर ति हाम्रा इतिहास हुन् , अझ भनौ गरौविला इतिहास । काम नलाग्ने बढि ठाँउ ओगट्ने यस्ता वस्तुहरु तिनका खास मालिकहरुका लागि टाउको दुखाइको विषय समेत बनेको हुने रहेछ । म्युजियमकै तयारीका लागि विराटनगरका स्नातकोत्तर क्याम्पस पुग्दा व्यवस्थापन पक्षलाई केहि पुराना प्राविधिक वस्तुहरु व्यवहारिक रुपमा समस्याका कारण बन्ने गरेको देखियो । यस्तै कति धेरै महत्वपुर्ण अनि ऐतिहासिक वस्तुहरु कौडिका दाममा पनि गए होलान् । तर तिनै कौडी मानिएका संग्रहित सामाग्रीहरुले अहिले विराटनगरमा कम्प्युटरको जटिल निर्माण प्रक्रियाहरुलाई बुझ्न सहयोग पुर्याइरहेको छ । वर्तमानमा नयाँ मानिएका कम्प्युटर प्रविधी दोस्रो निमेश पुरानो भइसक्ने गरेका छन् । सानो परिवर्तनले पनि यस क्षेत्रका वस्तुहरु नयाँबाट रिप्लेस हुने गरका छन् । यस्तै प्रकारको प्रविधिको द्रत गतिमा भएका विकासक्रममा देखिएका नयाँ अनि पुराना वस्तुहरुलाई एकै स्थानमा समेटेर बनाइएको कम्प्युटर संग्रहालय जिज्ञासु पुस्ताका लागि कति धेरै महत्वपुर्ण छ ? इन्टरनेटमा हराउने नेटिजनहरु समेत वर्तमानमा मात्र रमाएर इतिहासलाई बिर्सिरहेको अवस्थामा कसरी विगतको परिवर्तनलाई उनीहरुको अघि ल्याएर आगामी परिवर्तनलाई समेत झल्काउन सकिन्छ । केहि दशक अघिका ठुलो भवन ओगट्ने मेनफ्रेम कम्प्युटर देखि हालको गोजीमा अटाउने आइफोन अनि ति बिचका हजारौ परिवर्तनहरुलाई एकै स्थानमा देखाउन सक्नु एउटा चुनौति पनि हो । कुनै एक व्यक्ति वा संस्थाले मात्र यसलाई स्थायी बनाउन सक्दैनन् अनि हाम्रो पुस्ता पनि परिवर्तन अनुभव गर्न खास इन्फोटेक अनि मेला कुर्न पनि सक्दैनन् । त्यसैले अब विराटनगरको क्यान इन्फोटेकमा सूरु गरिएको कम्प्युटर संग्रहालयलाई राष्ट्रव्यापी कन्सेप्टमा लिएर जान आवश्यक छ । सरकारीस्तरबाट सहयोग पनि यसमा अनिवार्य छ ।  हराएका प्रविधिको पुर्नजागरण र सूचना प्रविधिको वास्तविक इतिहास ज्यँुदो राख्न सहयोग पु¥याउने कम्प्युटर संग्रहालय अब आवश्यक पुर्वाधारको रुपमा हामीले उठाउनु पर्छ । नियोटेरिक क्यान इन्फोटेकबाट यसको सूरुवात भइसकेको छ, अगाडि हामीले नै बढाउनु पर्छ । ४ दिनको प्रदर्शनीका लागि ल्याइएका ति अनेकौं अमुल्य वस्तुहरु फेरि त्यहि जालो लागेका अध्यारो कोठामा थन्क्याउने वा संसारलाई देखाउन अघि ल्याउने ? सोच्नै पर्ने समय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्