क्यान इन्फोटेकको समापन : सफल भयो इन्फोटेक

क्यान इन्फोटेकको समापन : सफल भयो इन्फोटेक

विराटनगरमा ४ दिनदेखि सञ्चालनमा आएको सूचना प्रविधिको प्रदर्शनी नियोटेरिक क्यान इन्फोटेकको आज समापन भएको छ । पुष ८ गतेदेखि सूरु भएको इन्फोटेकमा ६० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकहरुले जानकारी दिएका छन् । सो मेलामा ५० लाख भन्दा बढिको कारोबार भएको छ । इन्फोटेकमा कम्प्युटर, ल्यापटप, किबोर्डलगायतका सामाग्रीहरुको साथै सूचना प्रविधिका विभिन्न विक्रि तथा प्रदर्शनी गरिएको थियो । सो अवसरमा नेपालमै पहिलोपटक प्रयोग भएको कम्प्युटरदेखि नयाँ प्रविधिको म्याकबुक एयर सम्मको प्रदर्शनी गरिएको थियो ।
दर्शकहरुको विशेष आकर्षणको रुपमा सूचना प्रविधि म्युजियम रहेको थियो । नेपालमै पहिलोपटक कम्प्युटर लगायतका आइटी प्रोडक्टका पुराना उत्पादनदेखि अत्याधुनिक प्रविधिको प्रदर्शनले धेरैलाई तानेको थियो । म्युजियममा ४० वर्ष पुरानो काठको कम्प्युटर देखि म्याकबुक एयर सम्मको प्रदर्शनी रहेको थियो । त्यसैगरी, गेमिङ जोनमा ५ सय भन्दा बढी विद्यार्थीहरुलाई कम्प्युटर गेम खेलेकाछन् । जब फेयरमा १ हजार भन्दा बढी व्यक्तिले आइटीमा जागिरको लागि फारम भरेका छन् ।
प्रदर्शनीमा विभिन्न कलेज र विद्यार्थीहरुले बनाएका सफ्टवेयर तथा एप्लिकेसनहरु समेत प्रदर्शनीमा राखिएको थियो । यस प्रदर्शनीमा मेगाटेकले ल्याएको इन्ट्रयाक्टिभ बोर्ड र मल्टिप्लेक्सले ल्याएको किवोर्ड पिसी डेमोको रुपमा समेत समावेश गरिएको थियो । कार्यक्रम अवधिभर वल्र्डलिंक कम्युनिकेसनले फ्रि वाईफाई इन्टरनेट प्रदान गरेको थियो ।  चार दिनको प्रदर्शनी वाहेक दुई दिन भिन्ना भिन्नै स्थानमा सेमिनार सञ्चालन भएको थियो । पुस ९ गते होटल स्टर्न स्टारमा आइटी विज्ञहरुले ५० जनाको सहभागितामाझ १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । पुस १० गते जिल्ला विकास समिती मोरङको संयुक्त आयोजनामा ग्रामिण क्षेत्रमा सूचना केन्दको महत्व विषयमा एक दिने सेमिनार आयोजना भएको थियो । जसका प्रमुख अतिथी महाविर पुन हुनुहुन्थ्यो । समापन कार्यक्रममा क्यान मोरङका अध्यक्ष सन्तोष लुइटेल, उपाध्यक्ष प्रकाश राजभण्डारी, सचिव संजोग लुइटेल, कार्यक्रम संयोजक निर्मल तामाङ, मेगाटेकका डाइरेक्टर सुजन थापा, इस्कन इन्फोसिसका डाइरेक्टर दिपेन्द्र दुगडलगायतले मन्तव्य राख्नु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्