पत्रकार खिलानाथ ढकाल र एसपी प्रद्युम्न काृकीको बयान दर्ता

पत्रकार खिलानाथ  ढकाल र एसपी प्रद्युम्न काृकीको बयान दर्ता

अदालतको अपहेलना मुद्दामा नागरिक दैनिकका विराटनगरस्थित संवाददाता खिलानाथ ढकाल र मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले आज पुनरावेदन अदालत विराटनगरमा वयान दर्ज गराएका छन् । अदालतले ढकालसंग मौखिक र एसपी कार्कीसंग लिखित वयान मागेको थियो । न्यायधिशद्वय गिरिराज पौड्याल र कुमार चुँडालको संयुक्त इजलासले संवाददाता ढकालसंग दुई घण्टा लामो मौखिक वयान लिएका छन् । झण्डै १५ वटा प्रश्न ढकालसंग सोधिएको थियो । वयान नसकिएकाले उनलाई विहीवार १० बजे अदालतले फेरी बोलाएको छ । समाचारको आधार र प्रमाण तथा सूचना दिने व्यक्तिका बारेमा न्यायधिशले ढकालसंग सोधीखोजी गरेका थिए ।  अपहरण मुद्दामा समान्य तारेख’ शिर्षकमा नागरिक दैनिकले पुस ६ गते प्रकाशित गरेको समाचारले अदालतको मानहानी भएको दाबी गर्दै वार एशोसिएशन पुरनावेदन अदालत, मोरङ र सुनसरीले मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्