नेपालकै नयाँ खेल विराटनगरमा सूरु

नेपालकै नयाँ खेल विराटनगरमा सूरु

नेपालमा नौलो खेलको एक मात्र खेल टेवल सकर टुर्नामेन्ट २०६८ आज देखी विराटनगर ईभरेष्ट बोडीङ्ग स्कुलमा सुरु भएको छ । आज विराटनगरमा नेपाल टेवल सकर फेडेरेशनले पत्रकार सम्मेलन गरी टेवल सकर टुर्नामेन्ट भएको बारे जानकारी दिएको हो । टेवल सकर टुर्नामेन्ट पौष १३ गते आगामी १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । सो टुर्नामेन्ट खेलमा नेपालको प्रतिनिधीत्व गर्दै मोरङ्ग जिल्लाका १० वटा संस्थागत बिद्यालयका २५० विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् भने खेललाई व्यावस्थित बनाउनका लागी २० जना अफिसियलहरु सहभागी भएका छन्  । त्यसैगरी   भारतको प्रतिनिधीत्व गर्दै  विभिन्न प्रान्तबाट  २५० जना बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् भने २५ जना अफिसियलको रुपमा सहभागी  भएका छन् । सो खेलमा ८ बर्ष देखी १६ बर्ष सम्मका विद्यार्थीहरु सहभागी गराईने आयोजकले जनाएको छ । सकर खेलमा विजय खेलाडीहरुका लागी स्वर्ण रजत तथा काश्य पदक र प्रमाण पत्र उपलब्ध गराईने र नेपाल तथा भारत ले प्राप्त गरेको स्वर्ण पदकको आधारमा विजेता देशलाइृ क्रमस विजेता र उप विजेता देशलाई फस्ट रनर अप टर्फिको व्यावस्था गरिएको जनाएको छ । टेवल सकर टुर्नामेन्ट २०६८ को आयोजना तथा व्यावस्थापनका लागी करीब ४ लाख बर्च हुने अनुमान गरीएको छ ।  सो खेल हेर्नलाई ५० हजार दर्शकको अनुमान गरिएको नेपाल टेवल सकर फेडेरेशनका उपाध्याक्ष टीकाराम पुरीले जानकारी दिनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्