नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न

नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न

विराटनगर १७ पुष । नेपाल रात्री तथा दिवा सेवा संघको नवौ साधरण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त सभाले टिका प्रसाद लिम्बुको अध्यक्षतामा ११ सदस्यिय कार्य समिती चयन गरेको छ । सोहि सभाले समितीको बरिष्ठ उपाध्याक्षमा रामबाबु पासवान, महासचिवमा टिका गुरुङ्ग, सचिवमा कुमार प्रसाद श्रेष्ठ र कोषध्यक्षमा बिमल तामाङ्गसमेत चयन भए । त्यस्तै साधारण सभाले सरकारी स्वमित्वका लागी श्रमिक कर्मचारीहरुको संचय कोषका लागी खाता खोल्ने, एस एल सी परीक्षामा सर्वाेत्कृष्ट अकं ल्याई पास गर्ने संंस्थाका सदस्यहरुका छोराछोरीलाई सम्मान तथा पुरस्कृत गर्ने, सदस्यहरुको दुर्घटनामा मृत्यु भएमा परीवारलाई आर्थिक सहयोग गर्ने लगायतका निर्णय पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्