जाडोले पूर्वको जनजिवन प्रभावित

जाडोले पूर्वको जनजिवन प्रभावित

 पश्चिमी वायुका कारण गएराती मुलुकका बिभिन्न भागमा बर्षा तथा उच्च हिमाली क्षेत्रमा ब्यापक हिमपात भएका कारण चिसो बढदा जनजिबन प्रभाबित बन्न पुगेको छ । केही दिनअघि भारतमा आएको आँधीको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्बी पहाडी जिल्ला तेह्रथुम र सङखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएपछि जनजिबन कष्टकर भएको छ ।संखुवासभाको उत्तरी भोटखोला क्षेत्रका आधा दर्जन गाविसमा हिमपात सुरु भएको छ । किमाथांका, हटिया र मकालु गाविसमा हिमपात भएको छ। । त्यहा“ ४ फिटसम्म हिउ जमेको छ । शनिबारवाट मौसम बिग्रिए पछि भोटखोला क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।हिमपातका कारण गुफापोखरी क्षेत्रमा चरणमा रहेको सयौं चौपाया पुरिएको आशंका गरिएको छ । बाक्लो हिमपातका कारण मानिसहरु बाहिर निस्कन सकेका छैनन् भने  चौरीलगायतका घरपालुवा जनावरलाई समस्या भएको छ । हिजोवाट सुरु भएको हिमपात नरोकिएको गाउँमा रहेका प्रहरी चौकीलाई उद्धित गर्दै संखुवासभाका प्रहरी नायव उपरिक्षक गणेस चन्दले बताउनु भयो हिमपात २ हजार मिटर तल सम्म झरेको छ । बाक्लो हिउ परे पछि स्थानीयबासीन्दा देखि बटुवा, पर्यटक समेत समस्यामा परेको टुटेदेउरालीका छिरिङ लामाले बताउनु भयो । हिमपातकै कारण धरान–खाँदबारी सम्मको यातायात सञ्चालनमा कठिनाइ भएको छ । यस क्षेत्रमा हिम पात भएकोले पनि आज बिहानै देखि हिउ खेल्न धरान ,बिराटनर लयायतका मुख्य शहरका नागरिकहरm बिहानै देखि बसन्तपुर आउन थालेका छन् । उता ताप्लेजुडमा आज विहान पाक्लो हिमपात भएको छ । रातभरी परेको अविरल बर्षा पछि विहान हिमपात हुदा ताप्लेजुडको दुई दर्जन भन्दा बढी गाबिसको जनजीबन प्रभावित भएको छ । हिमपातले पापुड नँल्बु, थुकिमा सॉवा गाविस प्रभावित भएको स्थानीयबासीले बताएका छन । पापुडका स्थानीयबासी डण्डु शेर्पाले बाक्लो हिमपात सवै मानिस घर भित्रै रहेको जानकारी दिनुभयो । गाई बस्तुहरुमा समेत चिसोले समस्या भएको उहाँले बताउनु भयो । मुलुकभरको मौसममा देखिएको बदलीमा अपरान्ह देखि क्रमिक रुपमा सुधार हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्