गरिबलाई कम्बल वितरण

गरिबलाई कम्बल वितरण

बिराटनगर , पुस १९ । मारवाडी युवा मञ्च  विराटनगरले आज शान्ति र संविधानमा हाम्रो चाहाना भन्ने मुल नाराका साथ शान्ति पदयात्रा निकालेको छ । पदयात्रा ट्राफिक चोक देखी शुरु भएर मारवाडी सेवा सदनमा पुगेर टुङ्गिएको थियो । मारवाडी युवा मञ्चले पदयात्रा पछि ४ जना गरिब तथा बिपन्न परिवारलाइ कम्बल पनि वितरण गरेको छ । युवा मञ्चले आगामी दिनमा ग्रामिण भेगमा रहेका गरिवी २ सय परिवारलाई कम्बल वितरण गर्ने योजना रहेको मञ्चका राजेश लखटियाले जानकारी दिनुभयो । यसैबीच मोरङको दादरबैरियामा आज १ सय ३५ जनाको आँखा परिक्षण गरिएको छ । स्थानीय नबदुर्गा बाल क्लबको आयोजना तथा बिराट आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको शिबिरमा २९ जनामा मोतियाबिन्दु भएको पाइएको थियो । मातियाबिन्दु लागेकालाइ आजै बिराट अस्पतालले अप्रेसनका लागि बिराटनगर ल्याएको क्लबले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्