अन्तराष्ट्रिय सहकारी वर्ष विराटनगरमा पनि धुमधाम साथ मनाइने

अन्तराष्ट्रिय सहकारी वर्ष विराटनगरमा पनि धुमधाम साथ मनाइने

संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भरि आयोजना गरिने कार्यक्रमहरुको विवरण सार्वजनिक गरेको छ । ‘सुन्दर विश्व निर्माणका लागी सहकारी व्यावसाय’ भन्ने नाराका साथ अन्तराष्ट्रिय सहकारी बर्ष मनाउन लागिएको हो । सहकारी वर्ष अन्तर्गत सहकारी पूस्तकालय निर्माण, बृहत झाँकि ¥याली आयोजना, गोष्ठी, कार्यशाला आयोजना, तालिम तथा सेमिनारलगायतका सहकारी क्षेत्रको प्रवर्धन तथा विकास गर्ने कार्यक्रमहरु आयोजना गरिने समितिले जनाएको छ । यस क्षेत्रमा सहकारी वर्ष मनाउनका लागि मोरङका स्थानिय विकास अधिकारी पशुपति पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ । समितिमा मोरङका जिल्ला शिक्षा अधिकारी, डिभिजन सहकारी कार्यालय, विराटनगर उपमहानगरपालिका, पत्रकार महासंघ, उद्योगबाणीज्य महासंघ लगायतका विभिन्न संघ  संस्थाका पदाधिकारीहरु समेत रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि तथा आयोजक समितिका केन्द्रीय सदस्य रमेश पोखरेलले सहकारी क्ष्ँेत्रले देश विकासमा उल्लेख्य भुमिका खेल्दै आएको बताए । सो अवसरमा डिभिजन सहकारी कार्यालय मोरङका अध्यक्ष अर्जुन निरौला, देवी बराललगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्