२०५९ सालदेखिका १२ अपराधी पक्राउ गर्न मोरङ प्रहरी सफल

<span class='c1'>२०५९ सालदेखिका १२ अपराधी पक्राउ</span> <span class='c2'>गर्न मोरङ प्रहरी सफल</span>

विराटनगर, २१ पुष । जिल्ला प्रहरी कार्यालय मोरङ्गले २०५९ साल देखि हालसम्मका विभिन्न मुद्दाका १२ जना अपराधिहरुलाई पक्राउ गरेको छ । अदालतबाट ज्यान मुद्दा, चोरी, लागु औषधलगायतको बिभिन्न अपराधमा अपराधी घोषित भएका तथा वारेण्ट जारी भएकाहरुलाई यसरी पक्राउ गरेको हो । विगत एक हप्तादेखि सक्रियरुपमा खोजतलासमा जुटेको प्रहरीले विहिबार एक विज्ञप्ती जारी गरि पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बिरुलाल राजवंशी, अफरोज मियाँ, बिशाल पोखरेल, दलबल तिवारी, सुभाष सुब्बा, जंगे भन्ने जंग बहादुर मगर, हरि बस्नेत , राज कुमार राई , सुकला मियाँ , आनन्दी ऋषिदेव र कमल लिम्बु रहेको विज्ञप्तीमा उल्लेख छ । पक्राउ पर्नेहरुलाई मोरङ्ग जिल्ला अदालत बिराटनगरमा पेश गरिएको कार्यलायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्