देश टुक्राउने खेलमा तिन दल : राजकुमार लेखी

देश टुक्राउने खेलमा तिन दल : राजकुमार लेखी

बिराटनगर २४ पुष । आदिवासी जनजाती महासंघ संघिय परिषदका अध्यक्ष राजकुमार लेखीले राज्य पुनर्सरचना नगरी तीन दलले नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । यसो गरे देशमा मुढभेटको स्थिती सृजनाहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग बोल्दै लेखीले त्यस्तो बताउनु भएको हो । उहाँले तीन दल र सत्ताधारी मधेशका नेताहरुले देशलाई दुईकित्तामा बाँढ्ने काम गरेर अन्य जातजाती भाषाभाषीहरुको पहिचानको अधिकारलाई कुण्ठित पार्न लागेको  बताउनु भयो । तिन दलले राज्य  पुनर्संरचनाको खाका तयार नगरी सविधान जारीगर्दा मुटभेट हुने दावी गर्नु भयो । अध्यक्ष लेखिले राज्यपुर्नसंरचना नगरि र संविधानको मस्यौदा छलफल नै नगरि जातिय राज्य निर्माण गरेमा देशमा अशान्ति वढने र त्यसको जिम्मा दलका शिर्ष नेताहरुले नै लिनुपर्ने उहांले स्पस्ट पार्नु भयो । काँग्रेस, एमाले , एकिकृत माओवादी ,र  सत्ताधारि मधेशी नेताहरुको दादागिरीका वीच हचुवाका भरमा निर्णय हुने भएकाले  अव  आफुहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो  । पुर्वमा कोचिला र थारु जातिहरुले गरेको जातिय राज्यको मागलाई आदिवासी जनजाती महांसघको पुर्ण सर्मथन भएको समेत उहांले बताउनु भयो  । लेखिले तराई प्रदेशमा  सबै जातजाती भाषाभाषीहरुको विविधता भएकोले सिँगो तराईलाई जातिगत राज्यमा रुपान्तरण गर्न नमिल्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्