अमेरीकाबाट पठाएको पैसा मनिग्रामबाट अरुले निकाल्यो

अमेरीकाबाट पठाएको पैसा मनिग्रामबाट अरुले निकाल्यो

 मोरङ क्याम्पसका प्रँध्यापक शंकरप्रसाद दाहाललाई छोराले अमेरिकाबाट मनिग्राम मार्फत पठाएको पैसा अर्कैले  झिकेको पाइएको छ ।
गत कार्तिक २३ गते शनिवार अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोरबाट सुधिर दाहालले पठाएको एक हजार रकम यस्तो भएको हो । छोराले फोन मार्फत कोड नम्बर टिपाएको र भालिपल्ट आइतवार नै सिटिजन बैंक जादा कोड नम्बर मिले पनि नाम नमिलेको भनी फर्काएको थियो । बैंकले शंकर दाहालको नाममा पैसा पठाएकोले अमेरिकाबाटै नाम सच्याएर आएमात्र पैसा दिने बताएपछि उनले छोरालाई नाम सच्याउन अनुरोध गरेका थिए ।  तर त्यसबेला अमेरिकामा राती भएकोले त्यहा“को बिहान भएर सच्याउन जा“दा पैसा भुक्तानी भैसकेकोले सच्याउन नसकिने प्रतिउत्तर पाएका थिए । यता मनिग्रामको सहायक एजेन्टका रुपमा कार्य गर्दै आएको सिटिजन बैंकले जाली सवारी अनुमतिपत्र बनाएर धरानबाट रकम झिकेको जनाएको थियो ।
प्राध्यापक दाहालले आफुले साउन देखिको बढेको तलब तथा पुसको तलब अहिलेसम्म  नखाएको भनेपछि छोराले तत्कालै एक हजार डलर मनिग्राम मार्फत पठाएको बताएका थिए । सिटिजन बैंकले मनिग्रामको काम गर्ने भएकोले उनी त्यहीबाट खाता खोली रकम निकाल्न गएका थिए ।
आफूले पाउनु पर्ने ८३ हजार ३ सय ४८ रुपैया ८० पैसा नपाएको भनी प्राध्यापक दाहालले जिल्ला प्रशासन कार्यालय मोरङमा रकम दिलाई पाउ“ भनी पुस २७ गते निवेदन दिएका थिए । उनको निवेदन माथि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङले कारवाही अगाडि बढाएको बताइन्छ । यत्रो दिनसम्म पनि आफ्नो रकम नपाएको उनले गुनासो गरेका छन् । बाल्टीमोरमा रसायन शास्त्र विषयमा विद्यावारीधी गर्दै आएका सुधिरले आफुले पाउनु पर्ने छात्रवृत्तिको रकम वचत गरी बाबुलाई पठाएको बताइन्छ ।
प्रध्यापक दाहालले आफूले पाउनु पर्ने रकम यथाश्रीघ दिलाई कित्र्ते तथा जालसाजी गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यस सम्बन्धमा सिटिजन बैंक विराटनगरका शाखा प्रबन्धक दिपक पौड्यालले आफूहरुले यस सम्बन्धी छानबीन गरिहरेको तथा मनीग्राम मार्फत पैसा आएकोले नेपालस्थित मनिग्रामको केन्द्रीय कार्यालयले यस सम्बन्धी छानबीनलाई गम्भिरतापूर्वक लिएको आफूलाई अवगत भएको बताउनुभयो ।
मोरङ क्याम्पसका प्रँध्यापक डा. उदय रेग्मीले विदेशबाट पठाइएको रेमिटान्स तुरुन्त पाउनु पर्ने अवस्था हु“दाहु“दै पनि नपाउनु दुखद भएको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्