पत्रकारहरु नै सुचनाबाट बञ्चित

पत्रकारहरु नै सुचनाबाट बञ्चित

विराटनगर ५ माघ । सरकारी निकायका ठूलो ओहोदाका कर्मचरीहरुबाट सही सुचना पाउनबाट पत्रकारहरु बञ्चित भएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पत्रकार महांसघ र नेपाल सरकार राष्ट्रिय सुचना आयोगले सयुत्त रुपमा आयोजना गरेको सुचना सम्बन्धी नागरिक जागरण सचेतना कार्यक्रममा त्यस्तो बताईएको हो । सरकारी कार्यलयका हाकिमहरुले मान्छेको लगाई खुवाईको आधारमा हेरेर सुचना दिने  गरेको पनि उनीहरुले आरोप लगाएका थिए । कार्यक्रममा हरेक सरकारी लगायत सार्वजनिक निकायलेहरुले आफ्नो एक जना कर्मचारीलाई सुचना अधिकारी राख्नु पर्ने साथै कार्यलयहरुमा नागरिक वडा पत्रहरु पारदर्शी रुपमा राख्नु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महांसघका केन्द्रीय महासचिव ओम शर्माले पत्रकारहरुले २०४८ साल देखी सुचनाको लागी लडदै आएको र सरकारले पत्रकारहरुलार्इृ अझै पनि सुचना पाउनबाट बञ्चित पारेको बताउनु भयो । यसका लागी राट्रिय सुचना आयोगकी सविता भण्डारीले सर्वजनिक निकायका प्रमुख वा सुचना अधिकारीले सुचना दिन ई
न्कार गरे आयोगले एक हजार देखी २५ हजार सम्म जरीवाना र विभागीय कारवाही हुने समेत रहेको उल्लेख गर्नु भयो । सो कार्यक्रममा विभिन्न सरकारी कार्यलयका प्रमुख लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्