कृषि विकास बैंक विराटनगरले २४ करोड ३९ लाख मुनाफा

<span class='c1'>कृषि विकास बैंक विराटनगरले २४</span> <span class='c2'>करोड ३९ लाख मुनाफा</span>

कृषि विकास बैंक क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २४ करोड ३९ लाख रूपैयाँ नाफा गरेको छ । कार्यालयले बैंकको ४५ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित गरेको विज्ञप्तिमा २४ करोड ३९ लाख नाफा गरेको उल्लेख गरिएको छ ।
कार्यालयका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा कुल कर्जा लगानी एक अर्ब ८० करोड २५ लाख र सावाँ असुली एक अर्ब ७९ करोड ७० लाख भएको छ । त्यस्तै ब्याज असुली २९ करोड ७० लाख र निक्षेप संकलन दुई अर्ब आठ करोड ३७ लाख गरिएको छ ।
क्षेत्रीय कार्यालयको हाल कुल लगानीमा पाच अर्ब तीन करोड र कर्जाग्राही २३ हजार नौ सय दुई रहेको बताइएको छ ।
क्षेत्रीय कार्यालयका निर्देशक उज्ज्वल आचार्यले प्रकाशित गरेको विज्ञप्तिमा क्षेत्रअन्तर्गत कोसी अञ्चलमा एक क्षेत्रीय तालिम केन्द्र लगायत २२ वटा र मेचीमा १० गरी कुल ३२ वटा कार्यालय रहेको जानकारी दिइएको छ ।
निर्देशक आचार्यले कार्यालयले नाफाको सफलता हासिल गर्नुमा बैंकको स्थापनाकाल देखिको सुशासनसहितको बैंकिङ पूर्वाधार र त्यसको समयअनुकूल पटकपटक परिमार्जन तथा निरन्तरता रहेको दाबी गरेका छन् ।
कार्यालयले वार्षिकोत्सवका अवसरमा गरेको कार्यक्रममा बैंकको सेवामा २५ वर्ष पूरा गरेका निर्देशक आचार्यलाई र राजविराज कार्यालयका निर्देशक केशवप्रसाद शाहलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैंक विराटनगरका व्यवस्थापक नरबहादुर थापाले पदक र प्रमाणपत्र प्रदान गरे ।
व्यवस्थापक थापाले बैंकले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय निर्देशक सुरेन्द्र बजिमयले कृषि विकास बैंक र रावा बैंक प्रतिस्पर्धी नभएको स्पष्ट पारे ।
कार्यक्रममा आव २०६७÷०६८ मा उत्कृष्ट काम गर्ने छ कर्मचारीलाई निर्देशक आचार्यले पुरस्कार वितरण गरे । पुरस्कृत हुने कर्मचाारीमा उषा भट्टराई, नृपमणि घिमिरे, मनोजकुमार भट्टराई, विदुरप्रसाद खनाल, दिलकुमारी पराजुली र गोविन्द श्रेष्ठ सहयोगी छन् ।
त्यस्तै २५ वर्ष सेवा अवधि पूरा गर्ने ५६ र २० वर्ष पूरा गर्ने ११ जना तथा ब्याडमिन्टन सिङ्गलतर्फ प्रथम तुलसी सुवेदी र दोस्रो प्रकाश श्रेष्ठलाई आचार्यले पुरस्कार प्रदान गरे । आचार्यबाट ब्याडमिन्टन डबलतर्फ प्रथम हुने तुलसी सुवेदी र रामगोविन्द शाह तथा दोस्रो हुने प्रकाश श्रेष्ठ र टंकबहादुर कटुवाल पनि पुरस्कृत भए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्