देवानन्दलाइ छुटाउन सात विद्यार्थी संगठनद्वारा विज्ञप्ति

<span class='c1'>देवानन्दलाइ छुटाउन सात</span> <span class='c2'>विद्यार्थी संगठनद्वारा विज्ञप्ति</span>

विराटनगर, ८ माघ । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष देवानन्द यादवलाइ प्रहरीले अस्पष्ट ढंगले झुठो मुद्दा लगाइ पक्राउ गरको भन्दै पाँच विद्यार्थी संगठनले घटनाको विरोध गरको छ । अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम, तराइ मधेश विद्यार्थी फ्रन्ट, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघले आइतबार संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गदै घटनाको विरोध गरको हुन् । उनीहरुले आफुहरु गुण्डागर्दिको पक्षमा नभएको तर निर्दोष व्यक्तिलाइ झुठो आरोप लगाइ फसाउनेको पक्षमा आफुहरु नरहने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा सरोकारवाला पक्षलाई घटनाको सत्यतथ्य छानविन गरेर दोषिलाई कारबाहि गर्न र निर्दोषलाई सजायबाट जोगाउन अनुरोध गरेका छन् ।
यादव गत बिहिवार मध्य रातमा काटमार र अपहरणको घटना गराएको आरोपमा पक्राउ परेका हुन । गत जेठ १८ गते मोरङ जिल्ला अदालतमा भएको आक्रमण घटनाका मुख्य अभियुक्त मानिने यादवलाई पुनरावेदन अदालतले केहि समयअघि सामान्य तारेखमा छाडेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्