विराटनगर, १४ माघ । विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शनिबार सम्पत्र भएको छ । आद्या शक्तिका रूपमा प्रतिष्ठित सरस्वतीको प्राकट्य दिवसका रूपमा वसन्त पञ्चमीलाई मनाइन्छ । यही दिनदेखि वसन्त ऋतुको आगमन हुन्छ । हिन्दु परम्परामा वसन्त श्रवण यही दिन गरिन्छ । सरस्वतीको विशेष उपासना गरिने हुँदा यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
सरस्वती पूजाका अवसरमा विराटनगरको सरस्वती टोलस्थित सरस्वती मन्दिरमा विद्यार्थी र भक्तजनको घुँइचो लागेको थियो । साथै सहरका टोलटोलमा सरस्वतीको मूर्ति राखेर पूजाअनुष्ठान गरिएको थियो ।