दुर्घटनामा परेकि बेवारिसे महिलाको वेवास्ताका कारण उपचारमा समस्या

दुर्घटनामा परेकि बेवारिसे महिलाको वेवास्ताका कारण उपचारमा समस्या

विराटनगर, १५ माघ । दुर्घटनामा परि घाइते भएकि बेवारिसे महिलालाइ वेवास्ता गरिएको छ । गत माघ १० गते टंकिसिनुवारीको आरति स्ट्रिप्स अघि भएको मोटरसाइकल दुर्घटनामा घाइते भइ कोशी अञ्चल अस्पतालमा उपचारार्थ महिलाको पिडक पक्षको वेवास्ताको कारण उनको उपचारमा ढिलासूस्ती भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ४० वर्ष जतिको देखिने सो महिला स्पष्ट बोल्न नसक्ने भएकाले उनको नाम र ठेगाना अझै खुल्न नसकेको उनीहरुले बताए । दुर्घटनामा परि दाहिने तिघ्राको हड्डी भाँचिएकोले शल्यक्रिया यथासिघ्र गरि पर्ने अब्जरबेसन र इमर्जेन्सी वार्डका इन्चार्ज रघुनन्दन अधिकारीले बताए । ‘उनलाई अर्थो वार्डमा रिफर गरिएको छ तर सरसफाइ नभएकाले त्याहाँ लिन मानि रहेको छैन’ अधिकारीले भने । कोशी अञ्चल अस्पतालका मेसु उमाकान्त झाले भने सरसफाइको कार्य लगातार गरिरहेको बताए । ‘महिलाको सरसफाईका लागि कर्मचारी लगाएका छौ, दैनिक सरसफाइ भइरहेको छ’ झाले भने । ‘लुगाहरु फेरीदिने काम मात्रै भएको छ, शरिर सफा नगरेकाले उनको दुर्घन्धले हामीलाई समस्या परिरहेको छ ’ अब्जरबेसन वार्डकै एक बिरामी कुरुवाले बताए ।
माघ ११ गते नै अर्थोमा रिफर गरिएको महिलाको अहिलेसम्म शल्यक्रिया नभएका कारण उनको स्थिति अझै नाजुक बन्दै गइरहेको छ । छिमेकि प्रहरी पोस्ट कोशी अञ्चल अस्पतालका हवल्दार सुरशे पोखरेलको अनुसार भारतिय मुलकि देखिने महिलाको आफन्त पत्ता नलागेकाले उपचारमा थप समस्या भएको हो । ‘कानुनीरुपमा शल्यक्रिया गर्नका लागि हस्ताक्षर गर्नका लागि आफन्तको आवश्यकता पर्दछ ।’ पोखरेलले भने ‘तर उनको आफन्त अझै पत्ता लागेको छैन’ । तर अस्पतालका मेशु झाले भने पिडक पक्ष वा प्रहरी आँफै साक्षि बसे आफुहरु शल्यक्रिया गर्न तयार रहेको बताए । उनले भने ‘पिडक पक्षलाई साक्षि बस्न भन्दा आनाकानि गरिरहेका छन्, त्यसैले शल्यक्रियामा ढिलो भएको हो ।’
जिल्ला प्रहरी कार्यालय मोरङको अनुसार उनलाई राति साढे ८ बजे राजविराज ३ का विनोद कुमार गुप्ताको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । तर गुप्ताले भने आफुले उपचारमा कुनै कमि नल्याएको बताए । उनले भने ‘साक्षी बस्नका लागि मैले मानिस पठाएको छु, भोली नै शल्यक्रियाको लागि प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्