अस्थायी शिक्षकहरु आन्दोलनरत

अस्थायी शिक्षकहरु आन्दोलनरत

बिराटनगर, १८ माघ । शिक्षा सेवा आयोगलाई बढवा र पारदर्शी बनाईनु पर्ने भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले माग गरेका छन् । आज बिराटनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो माग गरेका हुन् । नेपाल शिक्षक युनियन र शैक्षिक गाणतान्त्रिक मन्चले संयुक्त रुपमा गरेको अन्तरक्रियामा शिक्षकहरुको पुर्नबहालीको सम्बन्धमा विस्थापित हुन बाध्य भएका र मारिएका शिक्षक कर्मचारीहरुलाई शहिद घोषण गरी शहिद परीवारलाई राष्ट्रसेवक सरह क्षतिपुर्ति सम्मान राज्यले गर्नु पर्ने पनि उनिहरुले माग गरेका छन् । उनीहरुले लगातार ५ बर्ष सम्म सेवा गरेका शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट नियुक्त गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकहरुलाई पनि सरकारी बिद्यालयका शिक्षक सरह तलव तथा सेवा सुबिधा उपलब्ध गराउन पनि माग गरेका छन् । कार्यक्रममा नेपाल शिक्षक युनियनका केन्द्रिय उपाध्यक्ष डिल्ली पोख्रेलले पिसिएफ तथा राहत कोटामा रहेका शिक्षकहरुलाई स्थायी गर्न, बाल विकास केन्द्रका सहयोगीहरुलाई श्रम ऐनले तोके अनुसारको पारिश्रमिक दिन माग गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक युनियनका केन्द्रय नेकपा एमाले मोरङ्गका अध्यक्ष बिनोद कार्यक्रममा एकिकृत माओबादीका गणेश उप्रेती, कांग्रेसका मोरङ्ग सचिव यदु विष्ट, जिल्ला शिक्षा कार्यालय मोरङ्गका उपसचिव उपेन्द्र दाहाल, युनियनका मोरङ्ग अध्यक्ष पिृत कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्