ब्युँझने प्रयासमा विराट राजाको दरबार

ब्युँझने प्रयासमा विराट राजाको दरबार

विराटनगरको नामाकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने महाभारतकालिन विराट राजाको दरबारलाई पुन निर्माण गरिने तयारी भइरहेको छ । । विराटनगर उपमहानगरपालिकाबाट दक्षिण पर्ने गाविस बुधनगरको वडा नम्बर ५ भेडियारीमा अधिकाँश भाग रहेको विराट राजाको दरबार लामो समय देखि वेवास्ताको सिकार भएको थियो ।
वि.सं २०२६ सालमा यस स्थानको भग्नावशेषहरुको उत्खनन गरिएको थियो । तत्कालिन पुरातत्व विभाग महानिर्देशक तारानाथ मिश्रको नेतृत्वमा गरिएको उत्खनन्बाट सो स्थानमा प्राचिन राजा विराटको भव्य दरबारको अवशेषहरु भेला परेको भए पनि त्यस पछि सरकारले त्यसमा उती चासो नदेखाए पछि अव्यवस्थित रहेको त्यस क्षेत्रलाई पर्यटकिय र धार्मिक महत्वको आधारमा महत्वपुर्ण स्थानको रुपमा विकास गर्न लागिएको हो । महाभारतको कथा अनुसार पाण्डवहरु गुप्तबासको लागि आएको क्षेत्र नै विराट राजाको दरबार क्षेत्र हो । २०२६ सालको उत्खननबाट त्याहाँ महाभारत कालमा प्रयोग भएका विभिन्न घरेलु तथा सैनीक प्रायोजनका सामाग्रीहरु फेला परेका थिए । पुरातात्विक महत्वका ति सामाग्रीरु संग्रह गर्नका लागि तिन कोठे भवन त निर्माण भएको छ तर उचित व्यवस्थापनको कमि र वेवास्ताका कारण त्यसको प्रयोग हुन सकिरहेको थिएन ।
विराट क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिको अध्यक्ष भविस श्रेष्ठले विराट राजाको दरबार क्षेत्रलाई पर्यटकिय आकर्षणको केन्द्र बनाउन आफुहरु लागि परेको बताएका छन् । ‘केहि दिन भित्रै निर्माण थालिने गरि ३० लाख रुपैयाको बजेट पास भएको छ ’ उनले भने ‘पहिलो चरणमा दरबार क्षेत्रलाई पर्खाल निर्माण गरि घेरिने र त्यस क्षेत्रमा भगवतीको मन्दिर निर्माण गरिने छ ’ । श्रेष्ठले प्रयोगविहिन रहेको सुचना केन्द्रको सरसफाइ र मर्मत गरि त्यसलाई संग्रहालयको रुप दिइने जानकारी दिए । उनको अनुसार त्यस क्षेत्रको पोखरीहरुको व्यवस्थापन गरि बोटिङ्गको व्यवस्था समेत गरिने छ । ‘लुम्बिनिमा गरिए जस्तै पुन उत्खनन् गरि जमिनको सतह भित्र रहेको संरचनाहरुलाई उत्खनन गरि पर्यटकिय दृष्टिकोणले अवलोकन गर्न मिल्ने गरि तयार गरिने छ ’ श्रेष्ठले भने । दरबार क्षेत्रको भित्रि सतहमा त्यस समयको स्थान घर, मन्दिर, बैठक कोठा, चौतारालगायतको भग्नावशेष रहेको अनुमान गरिएको छ । ‘सम्पुर्ण निर्माण कार्यहरु यहि आर्थिक वर्ष भित्र सकिसक्ने योजना छ ’ उनले बताए ।
विराट राजा प्राचिन दरबार सुचना केन्द्र तथा संग्रहालयका लागि विराटनगर उपमहानगरपालिका, पर्यटन मन्त्रालय र जिल्ला विकास समितिले निर्माण गरेको तिन कोठे भवन पनि अहिले प्रयोगविहिन भएको थियो । सुचना केन्द्र प्रयोग विहिन भएपछि उत्खननबाट निस्किएका पुरातात्वीक सामाग्रीहरुलाई राजा विराट प्राचिन दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले आफ्नै घरमा व्यवस्थित गरि राखेका छन् । उनले भने ‘महत्वपूर्ण सामाग्रीहरुको सुरक्षा कै लागि मैले आफ्नो घरमा राखेको हुँ’ । यादवको घर त्यस क्षेत्र भ्रमणमा जाने पर्यटकहरुको लागि संग्रहालयको रुपमा रहेको छ । उनको घरमा महाभारतकालिन भाँडा वर्तन, इँटाका टुक्राहरु, विभिन्न देवी देवताका मुर्तिहरु, धार लगाउने ढुंगा, सिलालेखहरु लगायतका सामाग्रीहरु संग्रहित छन् । साथै उनले उत्खननबाट भेटिएका निलम, सिमाल पत्थरलगायतका विभिन्न बहुमुल्य पत्थरका साथै शालिग्रामहरु समेत संग्रहित गरेका छन् ।
२५ विघा क्षेत्रफल ओगटेको विराट राजा प्राचिन दरबार क्षेत्रको भुभागको केहि भागमात्रै पनि खन्ने हो भने त्याहाँबाट पुराना इँटाहरु निस्कने गरेको त्याहाँका स्थानीयवासीहरु बताउछन् । ‘यहिबाट निस्किएको इँटाको प्रयोग गरि धेरैले आफ्नो घरहरु निर्माण गरेका छन् ।’ कमलकिशोरका छोरा मुकेश कुमार यादवले बताए । २३ वर्षिय मुकेश महेन्द्र मोरङ क्याम्पसमा सँस्कृति विषय अध्ययन गरिरहेका छन् भने दरबार क्षेत्रमा गाइडको रुपमा समेत कार्य गरिरहेका छन् । उनी त्यस क्षेत्र भ्रमणमा आउने पर्यटकहरुलाई त्याँहाको महत्वबारे बुझाउदै अवलोकन गराउने कार्य गर्छन । उनले भने ‘सरकारले ध्यान दिए जस्तो त गरेको छ तर फेरी पहिले जस्तै वेवास्ता गरिने हो भने यसको अस्तित्व नै समाप्त हुन सक्छ ’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्