दलहरुमा सहमति भएमात्र संविधान बन्ने

दलहरुमा सहमति भएमात्र संविधान बन्ने

विराटनगर १९ माघ । दलहरूवीच आपसी सहमति कायम नभए शान्ति प्रकृया टुंगोमा पुर्याउन र समयमै संविधान निर्माण गर्न नसकिने धारणा एक कार्यक्रमका वक्ताहरुले राखेका छन् । संवाद मञ्च नेपालको आयोजनामा विराटनगरमा आयोजित शान्ति प्रकृया, संविधान लेखनका प्रगति र चूनौती विषयक अन्तर सम्बाद कार्याक्रमका बक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा मानवअधिकारवादी नेता दमननाथ ढुंगानाले जेठ १४ पछि संविधानको म्याद थप्न नहुने भन्दै निर्धारित समयभित्रै संविधान निर्माण हुनु पर्ने बताएका छन् । उनले दलहरू अहिले जनताले दिएको अधिकार भन्दा अघि बढेर आफ्नो स्वार्थ पूर्तिमा लागेकाले देशमा अधिनायकबाद देखिएको बिचार व्यक्त गरे । उनले अहिलेको अवस्थामा दलहरुले आफ्नो स्वार्थ भन्दा माथि उठेर सहमतिको खोजि गरे गतिरोध अन्त्य हुने र निर्धारित समयमै संविधान बन्ने दावी गरे । उनले लोकतन्त्र र बहुदलीय प्रणलीको विकल्प नभएकाले यसलाई संस्थागत गर्नु आवश्यक रहेको बताए ।
त्यसै गरि मानवअधिकारकर्मि पद्मरत्न तुलाधरले दलहरू आफ्नो अडानमा रहिरहे समाधान नहुने भन्दै सहमतिकालागि सबै लचिलो हुनुपर्ने बताएका छन् । अन्तरसंवाद कार्यक्रममा वरिष्ठ अधिवक्ता चन्द्रमणि न्यौपाने, मानवअधिकार आयोग क्षेत्रीय आयुक्त कोषराज ढुंगाना, नागरिक अगुवा दुर्गा सुवेदी, मधेसी जनअधिकार फोरमका मृत्युञ्जय झा, संगिता दाहाल, अञ्जु वर्मा लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्