जातिय आधारमा राज्य चाहिदैन : चुरेभावर

जातिय आधारमा राज्य चाहिदैन : चुरेभावर

विराटनगर, १९ माघ । राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदनप्रति चुरेभावर राष्ट्रिय एकता पार्टि नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टिले प्रतिवेदनमा जातिय आधारमा संघियता ल्याउने कुरा उल्लेख भएकोमा खेद प्रकट गरेको थियो । पार्टिका महासचिव भुमिराज निरौलाले जातियताको आधारमा संघियता ल्याउन खोजेर अनादिकाल देखि चलि आएको भावर प्रदेश र चुरे पहाडलाई निसाना बनाइएको धारणा व्यक्त गरे । ‘सिंगो नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने खेल भइरहेको छ ’ निरौलाले भने ‘ जातियताको आधारमा नभइ भौगोलिक आधारमा प्रदेश छुट्याएमात्र आफुहरुलाई मान्य हुनेछ ’ । आयोगको प्रतिवेदनलाई नसच्याइ कार्यान्वयन गरेमा आफुहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ । यसै गरि पत्रकारहरु माथि केहि दिन अघि धनकुटामा भएको दुव्र्यवहारको भत्सर्ना गर्दै स्वतन्त्र पत्रकारहरु माथि हुने आक्रमणहरु आफुहरुलाई सह्य नहुने पार्टिले जनाएको छ । यसै गरि कोचिला स्वायत्त राज्य परिषदले पनि छुट्टै पत्रकार सम्मेलन गर्दै आयोगको प्रतिवेदनमा आपत्ति जनाएको छ । आफुहरुको माग अनुरुप सरकारले आत्म निर्णय सहितको अग्राधिकार जातिय स्वासाशनको राज्य बनाउनका लागि पूर्वी तराइका झापा, मोरङ र सुनसरीलाई कोचिला राज्यको नाम उल्लेख नगरेको भन्दै परिषदले आपत्ति जनाएको हो । आफुहरुले अनावश्यकरुपमा धेरै जिल्ला माग नगरेको भन्दै परिषदका अध्यक्ष ठकनुलाल राजवंशीले कोचिला राज्य नभए आफुहरु बलिदानको लागिसमेत तयार रहेको बताए । आफुहरु मधेशी नभएको दाबी गर्दै उनले भने ‘करिब पौने चार लाख कोच राजवंशीहरुको मागलाई वेवास्ता गरिनु कोचहरुको जातिय अस्तित्व समाप्ती पार्ने प्रयास गरिनु हो ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्