गरिबलाइ तयारी कपडा वितरण

गरिबलाइ तयारी कपडा वितरण

विराटनगर, २४ माघ । सनातन धर्म सेवा समिति स्थानीय समिति टंकिसिनवारीको आयोजनामा असहायहरुलाई तयारी कपडा वितरण गरेको छ । समितिले टंकिसिनवारी ३ गोकुवाको वरगाछि चौकमा उक्त तयारी कपडा वितरण गरेको हो । सभापति उमानाथ न्यौपाने र कार्य समितिका अन्य पदाधिकारीहरुको उपस्थितीमा आयोजना गरिएको एक कार्यक्रममा समितिले सो तयारी कपडा वितरण गरेको हो । कार्यक्रम हरिप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समितिले उक्त कपडा सनातन धर्म सेवा जिल्ला कार्य समिति विराटनगर र अनाथ आश्रम विराटनगरको संयुक्त सहयोगमा कपडाहरु वितरण गरिएको थियो । कार्यक्रममा करिब १ सय जना गरिब तथा असहायलाइ तयारी कपडा वितरण गरिएको सभापति न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्