१२ सिटको जागिरका लागि ११ हजार भन्दा बढि आवेदन

१२ सिटको जागिरका लागि ११ हजार भन्दा बढि आवेदन

विराटनगर, २६ माघ । नेपाल टेलिकम क्षेत्रीय कार्यालयले १२ सिटको लागि आह्वान गरेको सहायक स्तरको जागिरका लागि ११ हजार ३ सय ४२ जनाको आवेदन परेको छ । कार्यालयले गत असार मसान्तदेखि खुल्ला गरेको आवेदन साउन १८ गते सम्म लिएको थियो । कार्यालयले खुल्लामा ७, महिलामा २, आदिवासी जनजातीमा १, मधेशीमा १ र दलितमा १ कोटामा आवेदन आह्वान गरेको थियो ।
सो अनुसार आवेदन परेकाहरुको आगामी २८ गते शनिवार परिक्षा हुदैछ । शनिवार एक दिन दुइ सिफ्टको परिक्षा लिनका लागि विराटनगर र यसको वरिपरिका गाविसमा गरि जम्मा २५ वटा परिक्षा केन्द्रबाट तोकिएको कार्यालयले जनाएको छ ।
परिक्षाका लागि कार्यालयले केन्द्राध्यक्ष देखि गार्डसम्म गरि जम्मा ३ सय ५० जना कर्मचारी परिचालन गर्ने भएको छ । परिक्षाबाट छनौट हुने आवेदकलाई पुर्वाञ्चलको पहाडि क्षेत्र तथा राजविराज र लहानमा परिचालन गरिने क्षेत्रिय कार्यालयका सहायक प्रशासनिक अधिकृत राजाराम घिमिरेले जानकारी दिए । उनले पुर्वाञ्चल क्षेत्रबाट आवेदन माग गरेपनि सुदुर पश्चिमका क्षेत्रबाट पनि आवेदन परेको बताए ।
‘अत्याधिक संख्यामा आवेदन परेकोले पनि तोकिएको समय अगावै परिक्षा लिन लागेका छौ’ घिमिरेले बताए । कार्यालयले आवेदन भर्नका लागि एसएलसि पास , १८ वर्ष पुगेको नेपाली नागरिक र महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष ननाघेको हुनु पर्ने शर्त राखेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्