‘मुलुक बलियो हुन भाषासाहित्य पनि बलियो हुनुपर्छ’

‘मुलुक बलियो हुन भाषासाहित्य पनि बलियो हुनुपर्छ’

विराटनगर, २७ माघ । वरिष्ठ साहित्यकार परशु प्रधानले कुनै पनि मुलुक बलियो हुनका लागि त्यस देशको भाषा(साहित्य, संस्कृति र कला बलियो हुनु आवश्यक रहेको बताएका छन् । “कुनै पनि देश बलियो हुनका लागि आर्थिक समृद्धि भएर मात्रै हुँदैन,” जनजागृतिका कवि धरणीधर कोइरालाको ११९ औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार विराटनगरमा धरणीधर पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण समारोहका प्रमुख अतिथिसमेत रहेका प्रधानले भने, “देश बलियो हुन आर्थिक समृद्धिका साथै भाषासाहित्य, कला र संस्कृति पनि बलियो हुनुपर्छ ।”

आधुनिकीकरणसँगै अहिले नेपाली साहित्यसमेत विश्वका कुनाकुनामा बस्ने नेपालीले सहजै पढ्न पाएको तर्फ इंगित गर्दै वरिष्ठ साहित्यकार प्रधानले हरेक साहित्यकारले आधुनिक प्रविधिको उपयोग गर्नु जरुरी रहेको चर्चा गरे । “विगतजस्तो एउटा रचना पाठकसामु पु¥याउन हप्तौं कुनुपर्ने अवस्था छैन,” प्रधानले भने, “प्रविधिको प्रयोग गर्न जानेको छ भने लेखेको पन्धैं मिनेटमा विश्वको जुनसुकै कुनामा रहेको पाठकले रचना पढ्न सक्ने अवस्थाको सिर्जना भएको छ ।”

कार्यक्रममा साहित्यकार कृष्ण प्रसाईंलाई प्रधानले १० हजार रुपैयाँ नगद राशिसहितको धरणीधर पुस्कार प्रदान गरेका थिए । प्रतिष्ठानले उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ । त्यस्तै धरणीधर सम्मानबाट वरिष्ठ साहित्यकार डा. सुशीला भण्डारीलाई सम्मान गरिएको थियो ।

समारोहमा वीरभद्र कार्की, मधुसूदन घिमिरे, विवश पोखरेल, भूषण ढुंगेल, मञ्जु शर्मा, मधु पोखरेल, ज्योति जंगल, कविराज पोखरेल, दिङ्लाली कान्छो, गुण्डकीपुत्र, बद्री पलिखे, मीनकुमार नवोदित, तेजमान बराईली, कृष्ण कोइराला चारघरे, दीपक शम्चु, सरिता तुलाधर, भक्ति दाहाल, युरेश अधिकारीलगायतले आ(आफ्ना रचना वाचन गरेका थिए । समारोहमा काठमाडौं, धरान, इटहरी, झापा, भारतको सिलगुढी, दार्जेजिङ, सिक्किम तथा असामका साहित्यकारहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला, उपाध्यक्ष भूषण ढुंगेल, सचिव शिव कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने काठमाडौंबाट आएका अतिथि नगेन्द्रराज शर्मा, निलाम्बर तिम्सिना, राम श्रेष्ठ, दार्जेलिङका कवि नकुल क्षेत्रीले समसामयिक नेपाली साहित्यको अवस्थाका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको धरणी साहित्यिक प्रत्रिकाको विमोचनसमेत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्