डिपिएसमा विज्ञान प्रदर्शनी आयोजना: बिद्यार्थीको क्षमता विकास

डिपिएसमा विज्ञान प्रदर्शनी आयोजना: बिद्यार्थीको क्षमता विकास

विराटनगर, २७ माघ । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । स्कुलको आन्तरिक नियमित कार्यक्रम अन्तर्गत गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा पढाइएको वैज्ञानिक सिद्धान्तको आधारमा तयार पारेको विभिन्न सामाग्रीहरुको प्रदर्शनी गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरुले ज्वालामुखी, सुरक्षित वातावरण, चुम्बकिय शक्ति, विद्युतीय प्रवाहलगायतको नमुनाहरु प्रदर्शनी गरेका थिए । ‘विद्यार्थीहरुले कति बुझे भन्ने कुरो थाहा पाउनका लागि र उनीहरुलाइ प्रयोगात्मक शिक्षा दिन प्रदर्शनी आयोजना गरेका हौ’ डिपिएसका प्रिन्सिपल पिके सुत्रधारले बताए । उनको अनुसार विद्यार्थीको व्यक्तित्व विकासमा पनि सघाउ पुर्याउने भएकाले डिपिएसले यस्ता कार्यक्रमहरुलाइ विशेष प्राथमिकतामा राख्ने गरेको छ । प्रदर्शनीमा कक्षा ३ देखि ९ सम्मका ६० भन्दा बढि विद्यार्थीले आफ्नो सामाग्री प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी विद्यार्थी, अभिभावक र शिक्षकहरु विच गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्