चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँच जनालाइ सम्मान

चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँच जनालाइ सम्मान

विराटनगर,२८ माघ । चेतना संरक्षण प्रतिष्ठानले  आफ्नो छैठौं वार्षिक उत्सवका अवसरमा शनिबार विराटनगरमा पाँच जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । नेपालका विभिन्न विधा र क्षेत्रमा रहेर काम गर्दै आएका प्रतिभाशाली व्यक्तित्वलाई प्रतिष्ठानले सम्मानित गरेको हो ।
जसमध्ये कला तथा गायन तर्फ ज्ञानु राणा,  साहित्यकार पं.ं जानकीवल्लभ दाहाल, धर्मसंस्कृतिविद् प्रा. टीकाप्रसाद वस्ती, साहित्यिक पत्रकार चूडामणि रेग्मी र साहित्यकार सनत रेग्मीलाई सम्मानित गरेको छ । समाजले बर्सेनि विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । अहिलेसम्म जम्मा ३० जनालाई सम्मान गरिसकिएको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका दुइ जनालाई  प्रतिष्ठानका वरिष्ठ सदस्य रेवतबहादुर कार्कीले प्रदान गरेको एक लाख मूल्य पर्ने ह्विल चेयर विराटनगरकी ८६ वर्षीय बृद्धा धनमायाँ बस्नेत, र सोनी कार्कीलाई वितरण गरिएको छ । कार्यक्रमको उद्घाटन भाषाशास्त्री बालकृष्ण पोखरेलले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्