उद्योग मन्त्रिको आश्वासन : औद्योगिक वातावरण बिग्रिएको छैन

उद्योग मन्त्रिको आश्वासन : औद्योगिक वातावरण बिग्रिएको छैन

विराटनगर २९ माघ । उद्योगमन्त्रि अनिल कुमार झाले मोरङ्गका उद्योगी व्यावसायीहरुलाई अहिले नै निरासा भई नहाल्न आग्रह गर्नु भएको छ । आज विराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको व्यावसायीहरुसंगको भेटघाट कार्यक्रममा मन्त्रि झाले देशको औद्योगिक वातावरण केही बिग्रिए जस्तो देखीएपनि निरास नै भइहाल्नु पर्ने अवस्था भने नभएको बताउनुभयो । उहाले विभिन्न ठांउमा बन्द भएका उद्योगहरु उर्जा उत्पादन गर्ने जलविद्युतको चाडै नै व्यवस्था गरी संञ्चालनमा ल्याउने पनि बताउनु भयो । दुहबीमा रहेको मल्टिफ्युल प्लान्ट सञ्चालन गर्न उद्योग मन्त्रालयले सबैखाले सहयोग गर्ने उहांले प्रतिबद्धता समेत जाहेर गर्नु भयो । उहांले विभिन्न राजनितीक दल र तिनका भातृ संगठनहरुले उद्योगी व्यवसायीहरुसंग चन्दा आतंक मच्चाएकाले गर्दा उद्योग ब्यवसाय धरासायी बन्दै गएको पनि बताउनु भयो । अब त्यस्ता प्रवृतीलाई चाडै नै निर्मुल पार्ने व्यवसायीहरुलाई आश्वासन दिनु भयो । साथै उहांले आफू उद्योग मन्त्रि भएपछि चुनौती चुनौतीहरुको सामना गरी धेरै समस्याहरुको समाधान गरीसकेको समेत दाबी गर्नुभयो । अर्को एक प्रशङ्गमा उहाले अहिलेको सरकार प्रधानमन्त्री डा.बाबुराम भटराईले जहिले सम्म चाहानु हुन्छ तहिले सम्म नढल्ने जिकीर गर्नु भयो । अहिलेको सरकारले मात्र मुलुकलाई प्रगतिको बाटोमा लैजाने समेत उहाले दाबी गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्