अपाङ्ग अधिकार आन्दोलनका लागि ३४ बुँदे घोषणा पत्र तयार

अपाङ्ग अधिकार आन्दोलनका लागि ३४ बुँदे घोषणा पत्र तयार

विराटनगर, १० फाल्गुन । अपागंता भएका व्यक्तिहरुको आवश्यकता र अधिकारको लागि राष्ट्रिय अपागंता अधिकार आन्दोलन शुरु गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको राष्ट्रिय महाधिवेशनबाट ३४ बुँदे घोषणा पत्र तयार गरिएको छ । विराटनगरमा सम्पन्न महाधिवेशनबाट केन्द्रिय कार्य समितिको चयन तथा घोषणा पत्र निर्माण कार्य भएको थियो । महासंघले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कार्यसमिति निर्माण गर्नुको साथै घोषणा पत्र सार्वजनिक गरेको हो ।
अधिवेशनबाट अपाङ्गता अधिकार आन्दोलनका लागि तयार महासंघले पारेको  मागहरु सहितको घोषणा पत्रलाइ बुधबार नै महाधिवेशन व्यवस्थापन समितिले वर्तमान कार्यसमितिलाई हस्तान्तरण गरेको थियो । घोषणा पत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिबारे सचेतना अभिवृद्धि गरिनु पर्ने, अपाङ्गता अधिकार हनन भएको बारे उजुरु केन्द्रहरु जिल्ला तथा गाविस स्तरमा निर्माण गरिनु पर्ने, अपाङ्ग व्यक्तिहरुलाई निशुल्क शिक्ष अनिवार्य उपलब्ध गराउनु पर्ने लगायतका रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner