खस क्षेत्रीको बन्द प्रभाव विराटनगरमा पनि

खस क्षेत्रीको बन्द प्रभाव विराटनगरमा पनि

खस क्षेत्री एकता समाजले आव्हान गरेको पुर्वाञ्चल बन्दको प्रभावले अहिले विराटनगर बजार बन्द छ । विराटनगरको सवारी साधनहरु बन्द हुनुको साथै बजारहरु समेत बन्द रहेका छन् । आज विहानै देखी खस क्षेत्री एकता समाजका कार्यकर्ताहरुले बजार तथा यातायात बन्द गराएका हुन् । बन्दकर्ताले शैक्षिक संस्थाहरु समेत खोल्न दिएका छैनन् । बाटोमा दुइ पाँङ्ग्रे सवारी भने सञ्चालन मै रहेका छन् । क्षेत्रीहरुलाइ अन्य जातिको सूचिबाट हटाएर आदिवासी जनजातीमा सूचिकृत गरिनु पर्ने माग राखेर समाजले ११, १२ र १३ गते गरि जम्मा तिन दिन बन्दो आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner