ट्राफिक नियम उलङ्गन गर्ने व्यक्तीहरुलाई कारवाही भए मात्र ट्राफिक व्यवस्थापन हुने

ट्राफिक नियम उलङ्गन गर्ने व्यक्तीहरुलाई कारवाही भए मात्र ट्राफिक व्यवस्थापन हुने

विराटनगर १९ फागुन । ट्राफिक नियम उलङ्गगन गर्ने व्यक्तीहरुलाई जब सम्म कानुनी कारवाहीको दायरमा ल्याउन सकिदैन तब सम्म ट्राफिक व्यावस्थापन हुन नसक्ने एक कार्यक्रममा वत्ताहरुले बताएका छन् । आज विराटनगरमा एकीकृत ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत ट्राफिक नियमका चुनैती र अवसर आयोजित एक अन्र्तक्रिया कार्यक्रममा उनिहरुले कुनै पनि राजनितीक दल, संघ सस्था लगायत सरकारी कार्यलयका कर्मचारीहरुले ट्राफिक नियम उलङगन गरे कारबाहीको भागीदार बन्नु पर्नेमा समेत जोड दिएका थिए । सो अन्त्र्तक्रिया कार्यक्रmममा मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सडकममा चल्ने अव्यवस्थित ठूला सवारी साधन लगायत साना सवारी साधन र  सडकमा अव्यवस्थित रुपमा राखिएका व्यापारीहरुलाई व्यावस्थित रुपमा राख्नका लागी सम्बन्धित निकायहरुले  जोड दिनु पर्र्ने साथै  कानुनले निर्धारण गरेका नियम कानुनलाई सबैले पालना गरे मात्र ट्राफिक व्यबस्थापनमा केही सुधार आउने बताउनु भयो । साथै सो कार्यक्रममा विभिन्न राजनितीक दल  लगायत अन्य सरोकारवाला संघ सस्थाहरुको उपस्थित रहेका थियो । विराटनगर उप महानगरपालीका र जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ्गसंगको सहकार्यमा नगरमा रहेका अस्त व्यस्त ट्राफिक व्यावस्थापनलाई सवै सामाजिक सस्थाहरुको दायित्व हो भन्ने नारा सहित एकीकृत ट्राफिक सचेतना सप्ताह कार्यक्रम संचालन गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner