आइडियलको वार्षिकोत्सव सम्पन्न

आइडियलको वार्षिकोत्सव सम्पन्न

विराटनगर, २० फाल्गुन । आइडिएल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न साँस्कृतिक कार्यक्रमहरुको साथ सम्पन्न भएको छ । विराटनगर–६ स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा आइडियलका विद्यार्थीहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उनीहरुले नृत्य, गायन, नाटकलगायत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले साँस्कृतिक तथा आधुनिक शैलीका पहिरनहरुको प्रस्तुतिसमेत गरेका थिए । कार्यक्रममा प्रख्यात क्यारिकेचरर हास्यकलाकार पारस थापाले आफ्नो प्रस्तुतिहरुबाट सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयका प्रिन्सिपल त्रिलोचन चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु तथा तिनको अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner