जैन धर्मावलम्बी महिलाद्वारा गृह त्याग

जैन धर्मावलम्बी महिलाद्वारा गृह त्याग

बाताबरण मन्त्रि हेमराज तातेडले निर्धारित समयमा नै शान्ति र सविधानको काम पुरा हुने बताउनु भएको छ । आज बिराटनगरमा एक धार्मिक सभालाई सम्बोधन गर्दै मन्त्रि तातेडले निर्धारित समयमा शान्ति र सबिधानको काम पुरा गर्ने उद्देश्यले सरकार जोड तोडका साथ काम भईरहेको बताउनु भयो ।  मन्त्रि तातेडले जैन धर्मालम्बि कर्मचारीहरुलाई चैत्र शुक्ल चतुर दशिका दिन पर्ने माहाबिर जयन्तिको अवसरमा सरकारी बिदा दिने निर्णय आफुले नै मन्त्रिपरिषद बाट अनुमोदन गराएको बताउनु भयो । जैन सभा तेरापन्थि  परिषदले आज बिराटनगरमा आयोजना गरेको जैन भगवति दिक्षा समारोहका अध्यक्ष बिजय राज डागाको सभापतित्वमा सम्मपन्न सो कार्यक्रममा प्रमुख अतिथि मन्त्रि हेमराज  तातेड सभासद मोति दुगड, जैन सभा तेरापन्थि परिषदका पुर्व अध्यक्ष दिलिप धाडेवा लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner