ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा

ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा

बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा भिड्ने भएका छन । आज भएको सेमीफाइनल खेलमा बिजयी हुदै दूई टिम फाइनलमा पुगेका छन । बिराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा ट्रेनिङ सेन्टर ए ले मुनाल यूबा क्लबलाई २ ०गोल अन्तरले  हराउदै फाइनलमा पुगेको हो । जसमा दिपेन थापा मगर र गिलसन लिम्बुले  १÷१ गोल गरेका थिए । यस्तै आज भएको दोश्रो सेमीफइनल खेलमा बसपार्क युबा क्लबले बैंक रोड ११ लाई १ ० गोल अन्तरले हराउदै फाइनलमा पुगेको छ ।
बसपार्कको तर्फबाट रोसन कामतले निर्णायक गोल गरेका थिए ।  फाइनल खेल आगामी ६ गते हुदैछ । रानी यूबा क्लबको आयोजनामा जारी प्रतियोगीतामा बिराटनगरका १२ बटा टिमको सहभागीता रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner