तीन स्रष्टा सम्मानित

तीन स्रष्टा सम्मानित

विराटनगर, १८ चैत । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मान गरेको छ । उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले हिजो एक समारोहमा साहित्यकार नवराज सुब्बा, गायक सुमित खड्का र तबलाबादक सुधिर शाहीलाई नगद, दोसल्ला, र सम्मानपत्रद्वारा सम्मानित गरेको हो । समारोहमा आदिमहाकवि स्व. उदयानन्द अज्र्याल, तबलाबादक स्व. मुक्तिनाथ अज्र्यालको योगदानबारे कवि मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, प्रेस क्लवका जिवेश्वर लाखे र अज्र्याल समाजका विनय अर्याल लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner