नक्कली सर्टिफिकेट बनाउने समुह पक्राउ

नक्कली सर्टिफिकेट बनाउने समुह पक्राउ

नक्कली प्रमाण पत्र बनाउने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु लामो समय देखि नक्कली प्रमाणपत्र ( सर्टिफिकेट ) बनाउने काम गरिरहेको मोरङ प्रहरीको दाबी छ ।  सुनसरी भलुवा ८ का ४५ बर्षिय सेवक राम बिश्वास, सोही गाविस ५ का ३२ बर्षिय प्रमोद राजवंशीलाई नक्कली सर्टिफिकेट बनाउने गरेको आरोपमा पक्राउ गरेको हो । यस्तै उनिहरुसँग सम्पर्क गराउने कार्यमा सम्लग्न सोही ठाउँका २२ बर्षिय आशाराम राजवंशी समेत पक्राउ परेका छन् । यस्तै प्रमाणपत्र बनाउने मोरङ्ग बिराटनगर–५ खार्जीका २१ बर्षिय सजन मगर  र उनकी १९ बर्षिय बहिनी समेत पक्राउ परेका छन् ।
प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उनिहरुले नेपालको एस.एल.सी. तथा आई. ए. लगायतका नक्कली प्रमाण पत्र बनाउने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । उनका अनुशार पक्राउ परेकाहरुलाई सरकारी छाप दस्तखत किर्ते महल अन्तर्गत मुद्धा चलाइने छ । किर्ते सर्टिफिकेट किनबेच गर्ने कार्यमा संलग्न उनिहरुले प्रति सर्टिफिकेटको १२ देखी १३ हजार रुपैयाँ सम्म लिने गरेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner