नेता धेरै भएपनि राजनेताको अभाव :गृहराज्यमन्त्री

नेता धेरै भएपनि राजनेताको अभाव :गृहराज्यमन्त्री

बिराटनगर, २ चैत । गृहराज्यमन्त्री भिमराज राजबंशीले मुलुकमा नेता धेरै भएपनि राजनेताको अभावका कारण समस्या रहेको बताउनुभएको छ । आज बिराटनगरमा आयोजित एक कार्यक्रममा उहाले दलहरुबिच बिभिन्न छलफल भइरहेकाले राज्य पुनसंरचनाका बिषय बाहेक संबिधान निर्माणका अन्य बिबादित बिषयहरुमा चाडै सहमतीमा पुगिने बिश्वास समेत ब्यक्त गर्नुभयो । उहाले सबैले संयम भएर लागी परे राज्य पुनसंरचनाका बिषय समेत सजिलै हल हुने धारणा राख्नुभयो । राज्यमन्त्री राजबंशीले सेना समायोजनका सम्बन्धमा पछिल्लो पटक भएको निर्णयप्रति लक्षित गर्दै अहिले मुलुक उपलब्धी मुलक क्षणमा आइपुगेको धारणा राख्नुभयो । कार्यक्रममा उहाले कमसेकम राष्ट्रगीतको मर्म समेत नबुझ्ने नेताहरुका कारण सामाजिक सदभाव खल्बलिने अवस्था आएको धारणा राख्नु भयो । राष्ट्रगीतमा भने झै सयौ थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई ख्याल गरे मुलुकमा सहअस्तित्व कायम हुने धारणा राख्नुभयो । उहाले बाजाहरुको सुर, ताल र लय मिल्दा मात्र मिठास उत्पादन हुने उदहारण दिदै उहाले सबै जातजाती बिचमा सुर ताल र लय मिलेमा मुलुकको बिकास हुने धारणा राख्नुभयो । उहाले बिश्वका अन्य मुलुकहरुले आदीबासी जनजातीहलाई गहना माने पनि नेपालमा सहन समेत नसकेको आरोप लगाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner