डुबेर मृत्यु २ बालिकाको मृत्यु

डुबेर मृत्यु २ बालिकाको मृत्यु

बिराटनगर , बैशाख २ । मोरङको बेलबारी ३ स्थित सिसौली खोलामा पौडी खेल्ने क्रममा आज  २ बालिकाको मृत्यु भएको छ । बिहान साढे ९ बजेतीर पौडी खेल्न गएका स्थानीय १२ बर्षीया तिर्थमाया मंग्रान्ती र १२ बर्षीया आगा श्रेष्ठको मृत्यु भएको मोरङ्ग प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि दुबै बालिकालाइ अहिले प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे लगिएको प्रहरीले बताएको छ । घर नजिकैको रहेको खोलामा माछा मार्न भनि हिडेका दुबै बालिकालाइ घर नआएपछि खोज्ने क्रममा बेतना र सिसौली खोलाको दोभानमा उनीहरु दुबैलाइ तैरिरहेको अवस्थामा परिवारका सदस्यले फेला पारेको बेलबारी प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner