उपचारका लागि आएका सवै ग्याष्ट्रीक पीडित

उपचारका लागि आएका सवै ग्याष्ट्रीक पीडित

विराटनगर, ७ बैशाख – विराटनगर उपमहानगरपालिका १६ मा आज आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण र उपचारका लागि आएका सवै ग्याष्ट्रीक रोगका पीडित रहेको पाइएको छ ।
    युवा शक्ति आवाज विराटनगर र श्री हस्पीटल प्रालीको संयुक्त आयोजनामा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा उपचारका लागि आएका सवै जना ग्याष्ट्रीक पीडित रहेको पाइएको उपचारमा संलग्न चिकित्सक डाक्टर मोहन खड्काले बताउनु भयो । शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका एक सय ७५ जना मध्ये सवै ग्याष्ट्रीक पीडित रहेको डाक्टर खड्काले जानकारी दिनु भयो ।
शिविरमा ग्याष्ट्रीकका रोगी, पाठेघर खस्ने समस्या भएका महिला, उच्च रक्तचाप, मधुमेअ लगायतका विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुको उपचार गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको युवा शक्ति आवाज विराटनगरका सल्लाहकार रोहित कोईरालाले बताउनु भयो । कोईरालाले चिकित्सकलाई उद्रित गर्दै भन्नु भयो उपचारका लागि आएका सवै विरामी ग्याष्ट्रीक पीडित रहेको र एकै जनामा दुई भन्दा बढि विराम रहेको पाइएको छ ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर प्रेरणा दाहाल र बरिष्ट फिजिसियन डाक्टर मोहन खड्का सहितको स्वास्थ्यकर्मीको टोलिले विरामीको स्वास्थ्य परीक्षण र उपचार गरेर औषधी वितरण गरेको युवा शक्ति आवाजका अध्यक्ष पूर्ण दाहालले बताउनु भयो । शिविर संचालका लागि न्यु लाईफ फेलोसिप सुधार गृहले समेत सहयोग गरेको फेलोसिपका अध्यक्ष मुकेश बुढाथोकीले बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज शुव्वाले यसरी आयोजना गरिने शिविरमा विभिन्न अवस्थाका विरामीको पहिचान हुने र थप उपचारका लागि सहज हुने भन्दै आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा शिविर संचालन गरेर स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने आवस्यकता रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner