औलो रोग उन्मुलन समय अगावै पुरा हुने

औलो रोग उन्मुलन समय अगावै पुरा हुने

विराटनगर, १२ बैशाख । औलो रोग उन्मुलनका लागी नेपालले लिएको लक्ष्य समय अगावै पुरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गले जनाएको छ । औलो दिवसका अवसरमा आज बिराटनगरमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा त्यस्तो जानकारी दिइएको छ । सन २०१५ मा सम्ममा औलोको संक्रमण आधा घटाउने भनी सन २०)५ मा लक्ष्य लिइएपनि सने २०१० मै लक्ष्य भन्दा बढी प्रगती हासिल भइसकेको जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले जानकारी दिनुभयो । २००५ मा १२ हजार ७५० औलोको रोगी भेटिएकोमा यो संख्या २०१० मा ३ हजार ११५ मा सिमित भएको कार्यालयले जनाएको छ । त्यस्तै आलौ रोगबाट मृत्युहुनेको संख्यामा समेत कमी आइरहेको बताइएको छ । देशभर सन् २००६ मा १९ जनाको यो रोगका कारण मृत्यु भएपनि २००९ मा ८ र २०१० मा ६ जनाको मात्र मृत्यु भएको तथा पछिल्लो तीन बर्षमा मोरङ्गमा भने कसैको पनि मृत्यु नभएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो । त्यस्तै सन् २००५ देखी २०१० सम्म ४९ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै मोरङ्ग लगायत नेपालका १९ जिल्ला औलोको अति जोखिम युक्त जिल्लाका रुपमा रहेको १८ वटा जोखिमपुर्ण, ३४ जिल्ला सामान्य तथा १० जिल्ला औलो मुक्त रहेको पनि कार्यक्रममा जानकारी दिइयो । मोरङ्गमा ११ जना मात्र हाल औलो रोगी रहेको पनि सुब्बाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner