अस्पतालले बन्धक बनाईएकालाई घर फर्काउन सहयोग संकलन जारी

अस्पतालले बन्धक बनाईएकालाई घर फर्काउन सहयोग संकलन जारी

विराटनगर, १२ बैशाख । उपचार गरेको पैसा तिर्न नसक्दा विराटनगरको न्युरो अस्पतालमै बन्धक बनाईएका मोरङको उर्लावारी ४ का २४ बर्षिय सुरज वस्तीलाई घर फर्काउनका लागि सहयोग रकम संकलन हुने क्रम जारी छ । विभिन्न संघ संस्थाहरुको अगुवाईमा हिजोबाटनै सुरु भएको सहयोग संकलनले आज पनि निरन्तरता पाएको हो । हिजोबाट सुरु भएको रकम संकलन अभियान मोरङको उर्लावारीमा आज पनि जारी छ । उद्योग बाणिज्य संघ उर्लावारीका अध्यक्ष केशव कार्कीको अगुवाईमा मंगलबार ३० हजार रुपैयाँ रकम संकलन गरिएको वस्तीका भिनाजु रमेश भट्राईले जानकारी दिनु भयो । भट्राईका अनुसार विभिन्न संघ संस्था र व्यक्ति संग रकम संकलन गरिएको हो । हिजो मात्र उद्योग बाणिज्य  संघको अगुवाईमा उर्लावारीमा ३६ हजार रुपैयाँ सहयोग रकम संकलन गरि सकिएको छ । यो संगै वस्तीको सहयोगका लागि उर्लावारी क्षेत्रबाट ६६ हजार रुपैयाँ सहयोग रकम संकलन भई सकेको छ । वस्तीलाई घर फर्काउनका लागि विराटनगरमा रकम संकलन अभियान सुरु गरेको एमाले भात्रृ संगठन युवा संघ नेपाल मोरङले आज पनि सहयोग संकलन अभियान जारी राखेको युवा संघका जिल्ला सचिव रोहित कोईरालाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner