गाँउलेलाइ देखाउन नृत्य सिकेका नृत्य प्रशिक्षक

गाँउलेलाइ देखाउन नृत्य सिकेका नृत्य प्रशिक्षक

मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगरका सागर साह ।
विराटनगर १५ का स्थायी बासिन्दा सागर विराटनगरका नाम चलेका नृत्य प्रशिक्षक हुन् । विराटनगरका औपचारिक कार्यक्रम होस या विद्यालयको वार्षिक उत्सव, अधिकांश स्थानमा उनले सिकाएका विद्यार्थीले नै सहभागिलाई मनोरञ्जन दिइरहेका हुन्छन् ।
उनको सुरुमा मेरो व्यापारी बन्ने इच्छा थियो रे । त्यसै सिलसिलामा उनी कपडा पसलमा विहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गर्दा रहेछन् । त्यसै समय एक दिनको घटनाले उनको एक सफल व्यापारी बन्ने सपना परिवर्तन भयो । ‘गाउँको एउटा विवाहमा नाच्दा सबैले यसलाई नाच्न आउँदैन भनेर खिल्ली उडाए जिस्क्याए’–सागरले कलाकारीतामा आउनुको रहस्य खोल्दै भने ‘त्यसपछि मेरो मनमा एक दिन यी सबैजनालाई राम्रो नाचेर देखाइदिन्छु भनेर एउटा इख रह्यो ।’ सबैलाई राम्रो नृत्यकार बन्ने सपना पुरा गर्न उनी पसलमा काम गर्दै डान्स पनि सिक्न थालें । विहान विहान एक घण्टा गुरु कामेश्वर झाकोमा डान्स सिक्ने र पसलबाट आएर घरमै पनि राती १० बजेसम्म अभ्यास गर्थें रे उनी ।
पछि गाउँभरी कै राम्रो डान्सर भनेर सबैले प्रसंशा गर्न थालेपछि अझ हौसला बढेर गएको उनले सुनाए । ‘त्यसपछि भने मेरो व्यापारी बन्ने इच्छा विस्तारै बदलिएर डान्सर बन्ने तिर बढेर गयो’–उनले भने । व्यापारी बन्ने सपना छोडेर कलाकारीता तिर छिरेका सागरका परिवार भने अझै पनि व्यापारीक क्षेत्रमै रहेछन् । राज्यको बेवास्ताका कारण काठमाडौंकै पनि धेरै कलाकारहरु होटललगायत यस्तै अन्य व्यवसाय गरेर बसेको सुनाउँदै उनले भने ‘यदि राज्यले कलाकारलाई बाँच्ने आधार बनाउने हो भनें कोही पनि पलायन हुनुपर्दैन ।’
नृत्य संगसंगै बाध्य बादन तिर पनि रुचि भएका सागरले २०५९ जेठमा पूर्वाञ्चल संगीत तथा नृत्य प्रशिक्षण केन्द्र स्थापना गरेर सिकाउन थालेका रहेछन् । अहिलेसम्म मा करिव २० हजारलाई उनले डान्स सिकाइसकेको उनको दावी छ । यहा सिकेका मध्ये धेरैले प्रगति गरेर राष्ट्रियस्तरमा आफ्नो पहिचान राख्न सफल भएका छन् । जसमा अहिले प्रदर्शनको तयारीमा रहेको फिल्म द लास्ट किसका निर्देशक भुवन फुयाल जसले हास्य टेलिसिरियल मेरी वास्सैलगायत विभिन्न मैथिली म्युजिक भिडियोमा डान्स डिरेक्सन गरेका छन् । अर्का सूर्य आचार्य उनले पनि मेरी वास्सैमा अभिनय गरी सकेका छन् भने हिमशिखर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखला निर्माण गर्दैछन् । त्यस्तै आरोहण गुरुकुल विराटनगरका चर्चित कलाकार रामभजन कामत उनी पनि सागरकै चेला हुन् रे ।
त्यसबाहेक उनले डान्स सिकाएकी निष्मा घिमिरे नेपाल टेलिभिजनबाट आयोजित छमछमी कार्यक्रममा पाँचौ स्थानमा पर्न सफल भएकी छिन् । अर्की उनकी चेली समिक्षा कार्कीले लाल मधेस नामक फिल्ममा अभिनय गरेकी छिन् ।
पैसा कमाउनका लागि जुनसुकै क्षेत्रमा लागे पनि सकिने तर सन्तुष्टी नहुने भन्दै उनी आफ्नो धारणा यसरी राख्छन् –‘ढुंगा माटो उठाएर बेचेपनि पैसा कमाउन सकिन्छ नी तर नामका साथै इज्जत र पैसा भनेको त यही कलाकारीता क्षेत्रबाट कमाउन सकिन्छ ।’ विरामीलाई मेडिसिनका साथै संगीत पनि सुनाएमा त्यसको रोग चाँडै ठीक हुने, औषधी र संगीतले फरक फरक तरीकाले उपचार गर्दा संगीत सहितको उपचार पद्धती सफल भएको अनुसन्धानले देखाएको भन्दै आफु लागेको क्षेत्र राम्रो भएको पुष्टि गनले गरे ।
समाजमा पहिले जस्तो कलाकारप्रतिको दृष्टिकोण बदलिएको उनको अनुभव छ । पहिला पहिला केटाकेटी एकै ठाउँमा नाच्छन यसमा लागे भनें बिग्रिन्छन् भन्ने आरोप लाग्ने गरेपनि अहिले चाहीं अभिभावकहरु पनि संगै आएर बुझ्ने गरेको उनले बताए ।
विद्यार्थीको माग अनुसार नै डान्स सिकाउने गरेको सागरले आधुनिक, लोक, पप सबै किसिमका गीतमा डान्स सिकाउने गरेका छन् । आउने पुस्तालाई उनको टिप्स छ –‘जुनसुकै क्षेत्र आफुले रोज्नु पर्छ भनें धैर्यता र विश्वास राखेर मेहनत गरेमा लक्ष्यमा अवस्य पुगिन्छ ।’
डान्स त धेरैले सिकाउँछन् तर सागर साहसंग अरु भन्दा भन्दै अनुभव रहेछ बुढाबुढी सानानानीहरुदेखि लिएर एउटा हात नभएकोलाई, एउटा खुट्टा नभएकोलाई, दुवै आँखा नदेख्नेलाई, तेस्रो लिंगि र बहिरालाई समेत सिकाएका रहेछन् । ‘बहिराहरु जो कान पनि सुन्दैनन र  बोल्न पनि सक्दैनन्, त्यस्तालाई पनि सिकाउँदाको मजा अर्कै हुँदो रहेछ’–बहिरालाई सिकाउन अरुलाईभन्दा धेरै सजिलो भएको उनले अनुभव सुनाए ‘अरुलाई जस्तो कराउनु पर्दैन, यहाँ आउ, यसो गर, यो भएन आदि भन्नु परेन र उनीहरु अनुशासनमा पनि धेरै ख्याल गर्छन् ।’ बहिराहरु सिकाएको कुरा चाँडै टिप्ने र बदमासी पनि कहिल्यै नगर्ने स्वभावका भएको उनको भनाई छ । अहिलेसम्म अढाई तीन सय जति बहिरालाई सिकाई सकेको उनले बताए ।
अहिलेसम्मको सफलताको श्रेय आफुलाई बेलाबेलामा आएर हरेक कुराको सहयोग गर्ने अरुण सुराना र अरुण राठीलाई दिंदा रहेछन् । ‘उहाँहरुको सहयोग म जीन्दगीमा कहिल्यै विर्सन सक्दिन’–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner