निर्वाचनको बाहनामा सत्ता टिकाउने षडयन्त्र : कमल थापा

<span class='c1'>निर्वाचनको बाहनामा सत्ता टिकाउने</span> <span class='c2'>षडयन्त्र : कमल थापा</span>

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकिकृत माओवादीले निर्वाचनको बहाना बनाएर सत्ता लम्ब्याउंदै सर्वसत्तावाद लाद्ने षडयन्त्र गरिरहेको बताउनु भएको छ ।

राप्रपा नेपाल मोरङले विहिवार विराटनगरमा गरेको पुर्वाञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले मंसिर ७ गते निर्वाचन हुने अवस्थापनि नरहेको र प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचनपछि बन्ने सरकारलाईमात्र सत्ता हस्तान्तरण गर्ने भन्नु माओवादीको सर्वसत्तावाद लाद्ने कुटिल चाल भएको दावी गर्नुभयो । वर्तमान सरकार हटाएर राष्ट्रिय सहमतीवाट कांग्रेसको नेतृत्वमा नयां सरकार गठन भएपनि सर्वसत्तावाद नहट्ने ठोकुवा गर्दै अध्यक्ष थापाले कांग्रेसपनि अधिनायकवाद लाद्न खोजीरहेको आरोप लगाउनु भयो ।

नेता थापाले कांग्रेस र एमालेपनि निर्वाचन हुन नदिने भनेर माओवादीलाई सर्वसत्तावाद लाद्न मलजल पु¥याइरहेको आरोप लगाउनु भयो । अध्यक्ष थापाले अहिले मुलुकको हितको लागी एक मात्र प्रजातान्त्रीक र संवैधानिक विकल्प  निर्वाचन भएकोले त्यसका लागी पुर्व वा बहालवाला न्यायधिशको नेतृत्वमा चुनावीसरकार निर्माण हुनुपर्ने जिकिर गर्नुभयो । उहांले यो सरकारले पनि निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन नसक्ने र राष्ट्रिय सहमतीवाट कांग्रेसको नेतृत्वमा निर्माण गर्ने भनिदै आएको सरकारलेपनि निर्वाचन गराउन नसक्ने स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्