पिसिएफ शिक्षक धर्नामा

पिसिएफ शिक्षक धर्नामा

नेपाल पिसिएफ शिक्षक संघर्ष समिति मोरङले सेवा सुविधा सहितका विभिन्न ७ बुंदे माग राख्दै आज बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालबन्दी गरी धर्ना दिएका छन् । अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दीमा परिणत गर्नुका साथै स्थायी शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन लगायतका माग गर्दै संघर्ष समितिले गरेको तालाबन्दी र धर्नाका कारण शिक्षा कार्यालयको कामकाज ठप्प भएको थियो । उनिहरुले अपरान्ह २ वजेसम्म तालाबन्दी र धर्नालाई जारी राखेका थिए । समितिका अध्यक्ष प्रदीप रायले पीसीएफ शिक्ष्ँक अर्थात प्रति बालबालिकाको आधारमा उपलब्ध गराइने अनुदानमा अध्ययन गराउने शिक्षकहरुलाई राज्यले अस्थायी शिक्षकको रुपमा राखेर सेवा सुविधा दिनुपर्ने, बांकी रहेको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, अभिलेखीकरण गर्नुपर्ने, उमेरको हदबन्दी नलाग्ने गरी स्थायी प्रकृयामा लैजानुपर्ने माग रहेको जानकारी दिनुभएको छ । शिक्ष्ँक अभावमा स्थायी शिक्षकसरह बालबालिकालाई पढाउ“दै आए पनि कुनै सेवा सुविधा उपलब्ध नगराइएकाले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिले जनाएको छ । मोरङमा ६ सय ४० जना शिक्षकहरु अनुदानमा विद्यालयमा पढाउ“दै आएको उनीहरुले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्